गण्डकी प्रदेश : कांग्रेस प्रमुख सचेतकमा ओमकला र सचेतकमा भगवतप्रकाश

गण्डकी प्रदेश : कांग्रेस प्रमुख सचेतकमा ओमकला र सचेतकमा भगवतप्रकाश

पोखरा : गण्डकी प्रदेशसभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । 

पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतम नियुक्त भएकी हुन् । यसैगरी सचेतक पदमा स्याङ्जाका भवगत प्रकाश मल्ल नियुक्त भएका हुन् । 

सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.