४ हजार वर्ष पुरानो प्राचीन जहाजलाई सारियो संग्रहालयमा

४ हजार वर्ष पुरानो प्राचीन जहाजलाई सारियो संग्रहालयमा

कायरो: पुल सार्न प्रयोग गरिने विधि र उपकरणमार्फत संसारकै पुरानो जहाजलाई नयाँ स्थानमा सारिएको छ । इजिप्टको राजधानी कायरोस्थित ४ हजार ५ सय वर्ष पुरानो जहाजलाई नयाँ स्थानमा सारिएको हो ।

इजिप्सियन मिनिस्ट्री अफ एन्टिक्विटीज र बेक्सिस ओरास्कम कन्स्ट्रक्सनको संयुक्त पहलमा इजिप्टका इन्जिनियरहरु र पुरातत्वविद्हरुले संसारकै पुरानो जहाजलाई स्थान्तारण गरेका हुन् । उक्त जहाजलाई साविकको स्थानबाट ८ किलोमिटर टाढा सारिएको छ ।

इजिप्टका प्राचीन राजा खुफुजको पालामा उक्त जहाज बनेको बताइन्छ । उक्त जहाज संसारको सबैभन्दा पुरानो र प्राचीन समयको सबैभन्दा ठूलो जहाज भएको विश्वास गरिन्छ । ‘किङ खुपु सोलार बोट’ नामक उक्त जहाजलाई हाल पुरातात्विक क्षेत्रबाट नयाँ संग्राहलय ‘ग्रान्ड इजिप्सियन म्युजियम’मा सारिएको छ ।

उक्त जहाज सार्ने काम अगस्ट ५ देखि ७ सम्म थियो । करिब ४५ टनको उक्त जहाजलाई ८.५ किलोमिटर टाढा सारिएको थियो । उक्त जहाजको लम्बाई ४३.६ मिटर र चौडाई ५.९ मिटर छ ।

प्रतिघण्टा एक घण्टाको गतिमा रिमोट कन्ट्रोल्ड व्रिज मुभरमार्फत इन्जिनियरहरु सो जहाज सार्न सफल भएका छन् । संसारकै पुरानो सो जहाजलाई २५०० बिसीदेखि गिजाको ग्रेट पिरामिडमा राखिएको बताइन्छ । सन् १९५४ मा इजिप्टोलिस्ट कमल एल मालेखले पहिलो पटक उक्त जहाज पत्ता लगाएका थिए । सन् १९८५ मा गिजा सोलार बोट म्युजियममार्फत सो जहाज सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.