राष्ट्रका अलौकिक नक्षत्र

राष्ट्रका अलौकिक नक्षत्र

आमालाई रिंगेर कान्ति दिलको संसार जो घेर्दथी

आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रु“दारु“दै हृदयमै थाकेर औंलो चुसी
मेरो झस्किरहेछ हेर, मुटुको टुक्रा ! भुइँमा खसी

गौरी खण्डकाव्यको यो श्लोकमध्येकी एक पात्र म स्वयम्। अचम्म लाग्छ कि यी श्लोक पढ्दा भावविभोर हुन्छु। म सोच्छु, बुबाले यी श्लोक लेखिरहँदा एक हातले मुटु थामेर, अर्को हातले कलम आँसुमा चोबेर लेख्नुभयो होला !  हुन त यस्तो दैवी चोट अरूलाई पनि पर्छ। तर बुबाले गौरीलाई सबैको साझा कहानी बनाउनु भयो। बुबा नै पनि अढाई वर्षको दुधे बालकमा आमाको स्वर्गवास भएर टुहुरो हुनुभयो। मातृवियोग, पत्नीवियोगले गर्दा पनि बुबालाई परिवारको अति नै महत्व थियो। त्यसमाथि छोराछोरीको माया त अनुकरणीय नै थियो।

बुबाका अनुकरणीय आचरण त अरू पनि कति छन् कति। उहाँ जस्तोसुकै परिस्थिति आइपरे पनि त्यसलाई आत्मसात् गर्न सक्नुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो, दु:ख नपरी मानिस–मानिस बन्दैन। सुन पनि त आगोमा नखारी नम्बरी सुन बन्दैन। तर दु:ख भन्नाले दैवी चोट चाहिँ होइन। बुबाको साधनारत जीवनलाई हेर्दा म संस्कृतको नीतिशतकको एउटा श्लोक सम्झन्छु :–

प्रारब्भ्यते न खलु विघ्न भय न नीचै
प्रारभ्य विघ्न विहता विरमन्ति मध्यात्
विघ्नै पुन: पुन: रपि प्रतिहन्यमाना
प्रारभ्य मुत्तमजना नपरि त्यजन्ति

यो श्लोकको भावार्थ के हो भने एकथरि मानिस (अधम खालका) बिघ्न बाधा आइपर्छ भनेर कामै थाल्दैनन्। मध्यम खालका मानिस चाहिं काम त थाल्छन्, तर बिघ्न आइपरेपछि बिचमै छोड्छन्। तर उत्तम खालका मानिस चाहिँ जति नै बिघ्न बाधा आइपरे पनि थालेको काम पूरा नगरी छोड्दैनन्। वास्तवमा बुवाको बानी पनि त्यस्तै हो। आफूलाई चित्त नबुझेसम्म कतिवटा रचना त बिगारेर बनाउनु हुन्थ्यो। अनि आमा, छोराछोरीलाई सुनाएर भन्नुहुन्थ्यो, तिमीहरू नै मेरो रचनाका पहिलो समीक्षक हौ। कविता लेख्न लाग्दा बुबालाई शान्त वातावरण चाहिने, खल्बलमा त लेख्नै नसक्ने। हामी छोराछोरी पनि बिना चर्को आवाज शान्त रूपमा बस्न अभ्यस्त भइसकेका थियौं। यो सब वाताबरण बनाउने श्रेय चाहिँ आमाको हो। कविता लेख्न छोडेको बेलामा छोराछोरीलाई वरपर राखेर रमाइलो गर्नुहुन्थ्यो। यस्तो बेला खासगरी चाडबाडमा रमाइलो हुने गथ्र्यो। कहिले त यसरी रमाइलो गर्दागर्दै पनि कविता स्फुरण भयो भने आफ्नै काव्यलोकमा रमाउनु हुन्थ्यो। फेरि कविता समय तालिका मिलाएर पनि त लेखिन्नँ। बुबाले कविता लेख्न लाग्दा किताब, कापी वरपर फिंजिएका हुन्थे। 

मलाई त बुबा सबैलाई शितलता दिन ‘वर–पिपलकोे शीतल चौतारी’जस्तो लाग्छ। भनिन्छ, कविहरूको अन्तिम चाहना भनेको ऋषित्व प्राप्ति हो, बुबामा पनि ऋषित्वपन थियो।

तिनलाई लेखिसकेपछि मात्र थन्क्याउनु हुन्थ्यो। यस सम्बन्धमा एउटा प्रसंग उल्लेख गर्छु। धेरै अगाडिको कुरा हो, त्यस्तै एघार, बाह्र वर्षकी थिएँ होला। बुबा अफिस जानुभएको थियो, उहाँको कोठामा गएँ। बुबा आफू सुत्ने कोठामा बसेर लेख्नु हुन्थ्यो। कोठामा लेख्दै गरेका कापीका पानाहरू फि““जिएका थिए। मैले ती सबैलाई मिलाएर एक ठाउ“मा राखें। अनि राम्रो काम गरें भनेर आमालाई देखाएँ।

‘ओहो ! तैंले त बर्बाद गरिस् के लेख्नुभएको थियो, कता कता राख्नुभएको थियो ?’ भन्दै आमाले त चिन्ता पो मान्नुभयो। बुबाले के भन्नु हुन्छ भनेर डर पनि भयो। एकछिन पछि बुबा आएर कसको काम हो यो ? सब बर्बाद गरेछन् भन्नुभयो। अनि दंग पर्दै ‘मैले हो, सबै कापीहरू छरिएको रहेछ मिलाइदिएको नि बुबा। राम्रो गरिनँ त मैले ?’ भन्दै सुनाएँ। बुबा त केही बोल्नु भएन, मेरो मुखमा एकोहोरो मात्र हेरिरहनु भयो। गाली पनि गर्नु भएन। पछि पछि यही कुरा गर्दा बुबा हाँस्नुहुन्थ्यो। बुबा आफू साधनामा तल्लीन हुने मान्छे। 

हामीलाई पनि सधैं समय खेर नफाल, केही न केही गरिरहनु पर्छ भन्ने बुबा। उहाँ बिरामीबाट केही आराम भए मात्र पनि केही लेखिहाल्ने। एक दुई दिन बिराएर बुबालाई भेट्न जान्थें। त्यो बेला मलाई आफूले लेखेका कविता सुनाएर त्यसको भाव भन्न लगाउने, मिल्यो भने क्याबात् !  भन्दै पिठ्यू“मा धाप मार्ने। नभए मात्र बुबा आफैं बताउनु हुन्थ्यो। बुबाले मलाई आईए र बीए पढ्दा संस्कृत साहित्यका शाकुन्तल, स्वप्न वा सवदत्ता आफैंले पढाउनु भयो। यसले गर्दा संस्कृतमा थोरै मात्र भए पनि रस बस्यो।
जे गर्दछौ यज्ञ र अर्चना होस्
र जिन्दगी पावन प्रार्थना होस्

मलाई त बुबा सबैलाई शितलता दिन ‘वर–पिपलकोे शीतल चौतारी’जस्तो लाग्छ। भनिन्छ, कविहरूको अन्तिम चाहना भनेको ऋषित्व प्राप्ति हो, बुबामा पनि ऋषित्वपन थियो। ओहो ! अब त दिन र महिना गन्दा गन्दै बुबाको स्वर्गवास भएको पनि एक वर्ष भयो। हामी परिवारका आधारस्तम्भ, सर्वस्व या जे भनौं, साहित्य जगत्का अनि राष्ट्रका अलौकिक नत्र पिता ! हजुरलाई अश्रुपूर्ण वन्दना।

-लेखिका राष्ट्रकविकी छोरी हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.