जोखिममा रहेका २० हजार अफगानीलाई क्यानडाले आश्रय दिने

जोखिममा रहेका २० हजार अफगानीलाई क्यानडाले आश्रय दिने

काबुल: अफगानिस्तानमा जीवन जोखिममा रहेका २० हजार भन्दा बढी मानिसलाई क्यानडाले आश्रय दिने भएको छ । अफगानिस्तानमा दिनहुँ संकट बढिरहँदा क्यानडाले यस्तो घोषणा गरेको हो ।

तालिबान लडाकूका कारण अफगानिस्तानमा बस्न नसकेका महिला नेत्रीहरु सहित मानवअधिकारकर्मी र पत्रकारहरुलाई क्यानडाले आश्रय दिने शुक्रबार घोषणा गरेको हो । दोभाषे, दूतावासमा कार्यरत कर्मचारी लगायत अफगानिस्तानमा रहेर यसअघि अफगान सरकारका लागि काम गर्नेहरुलाई क्यानेडियन सरकारले प्राथमिकतामा राखेको बताइएको छ ।

क्यानेडियन सरकारका अधिकारीहरुका अनुसार तालिबानले अफगानिस्तानका विभिन्न स्थान कब्जामा लिने क्रम जारी रहँदा अफगानिस्तानका अरु मानिसहरुको पनि जीवन खतरामा पर्ने क्रम बढेको छ । क्यानेडियन सरकारको यसपटकको योजनामा विशेषगरी जोखिममा परेका मानिसहरु जस्तै महिला नेत्री, मानव अधिकारकर्मी, रिपोर्टर, धार्मिक अल्पसंख्यक र लैंगिक अल्पसंख्यकहरु परेको त्यहाँका अधिकारीले बताएका छन् ।

तालिबान लडाकूले पछिल्लो समय अफगानिस्तानका ठूला सहरहरु कब्जा गरिसकेको जनाएको छ । यस्तै राजधानी काबुल पनि केही महिनाभित्रै कब्जा गरिसक्ने अन्तर्राष्ट्रिय मिडियाले आंकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.