अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता लैजान अमेरिकाले पठायो ३ हजार सेना

अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता लैजान अमेरिकाले पठायो ३ हजार सेना

काबुल: अफगानिस्तानमा तालिबानी प्रभाव बढिरहँदा अमेरिकी सैनिकहरु आफ्ना नागरिकलाई स्वदेश लैजान काबुल पुगेका छन् ।

अमेरिकी दूतावासका अधिकारीका अनुसार काबुलमा रहेका अमेरिकी कर्मचारी र अन्य नागरिकलाई लैजान अमेरिकी फौज शनिबार काबुल आइपुगेको हो । तालिबान लडाकूले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला सहर कब्जामा लिएपछि अमेरिकाले आफ्ना नागरिकलाई लैजान सेना पठाएको हो । 

अमेरिकी रक्षा मन्त्रालयका अनुसार समुद्री सेनाको दुई बटालियन र स्थल सेनाको एक बटालियन गरी करिब ३ हजार सैनिक आइतबार साँझसम्म काबुल पुग्नेछ । शनिबार भने केही सैनिक काबुल अवतरण गरिसकेका छन् ।

बेलायत र अन्य पश्चिमा देशहरुले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता लैजान सैनिकहरु पठाउँदै छन् । अफगान सरकारका अधिकारीहरुका अनुसार शुक्रबार आर्थिक केन्द्र मानिएको कान्दहर सहरलाई पनि तालिबानले कब्जामा लिइसकेको छ ।

शान्ति सुरक्षाका लागि भन्दै अमेरिकी सेना २० वर्षसम्म अफगानिस्तानमा तैनाथ थियो । यही वर्षमा अमेरिकी सेनाले अफगानिस्तानको भूमि पूर्ण रुपमा छाड्नुअघि तालिबान लडाकूले अफगानिस्तानका दर्जनौँ भूभाग कब्जामा लिइसकेका थिए ।

पछिल्लो समय अफगानिस्तानका अधिकांश सहर तालिबानले कब्जामा लिइसकेको बताइएको छ । राजधानी काबुल समेत केही महिनामै कब्जामा लिनसक्ने आंकलन गरिएको छ ।

यसबीचमा लाखौँ अफगानीहरुले सुरक्षाको लागि आफ्नो ठाउँ छाडेर बसाइँ सरिसकेका छन् । यही वर्ष मात्रै ४ लाख मानिस सुरक्षाका लागि घर छाड्न बाध्य भएका छन् । मे महिनायता मात्रै २ लाख ५० हजारले घर छाडिसकेका छन् । अफगानिस्तानमा यस्तै किसिमले तालिबान प्रभाव बढ्दै जाँदा यहाँको भविष्य नै संकटमा पर्ने विभिन्न अन्तर्राष्ट्रिय मिडियाले दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.