अफगानिस्तानमा सैन्य बलबाट बन्ने सरकारलाई वाह्य मुलुकले मान्यता नदिने
कतार: भारत, जर्मनी, कतार, टर्की सहित अन्य राष्ट्रहरुले अफगानिस्तानमा सैन्य बलद्वारा बन्ने कुनै पनि सरकारलाई मान्यता नदिने घोषणा गरेका छन् । साथै त्यहाँ हिंसा र हमला रोक्न पनि आग्रह गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै ती देशहरुले यस्तो जनाएका हुन् । अफगानिस्तानको शान्ति प्रक्रिया बारे दोहामा यसअघि बसेका दुई अलग बैठकपछि यी देशहरुले यस्तो घोषणा गरेका हुन् ।
तालिबान लडाकूले अफगानिस्तानमा आफ्नो प्रभाव जमाउँदै कब्जा गरिरहँदा सत्ता कब्जा गर्नसक्ने खतराका बीच ती देशहरुबाट नयाँ सैन्य सरकारलाई मान्यता नदिने प्रतिक्रिया आएको हो ।
कतारमा भएको पहिलो बैठकमा चीन, उज्वेकिस्तान, अमेरिका, पाकिस्तान, बेलायत, कतार, संयुक्त राष्ट्रसंघीय प्रतिनिधि र कतारी अधिकारीहरु थिए । यस्तै दोस्रो बैठकमा जर्मनी, भारत, नर्वे, कतार, ताजिकिसुतान, टर्की र तुर्कमेनिस्तान र अमेरिका सहभागी थिए ।