अफगानिस्तान युद्धः काबुलबाहेक प्रमुख सहरमाथि तालिबानको कब्जा

अफगानिस्तान युद्धः काबुलबाहेक प्रमुख सहरमाथि तालिबानको कब्जा

अफगानिस्तानको राजधानी काबुल बाहेक प्रमुख सहर तालिबान लडाकुहरूले आफ्नो नियन्त्रणमा लिएको छ । लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आइतवार बिहानै आफ्नो नियन्त्रणमा लिएका हुन्। यस सँगै अफगातिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्य २३ वटा तालिबानले कब्जा गरिसकेका छन्।

तालिबान लडाकुहरूले एउटा पनि गोली नचलाई जलालाबादलाई आइतवार बिहान नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ।

'जलालाबादमा अहिले कुनै भिडन्त भइरहेको छैन किनकि यहाँका गर्भनरले तालिबानसमक्ष आत्मसमर्पण गरेका छन्,' त्यहाँस्थित एक अफगान अधिकारीले समाचारसंस्था रोएटर्सलाई भने।

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ घानीमाथि राजीनामा गर्न चर्को दबाव परेको छ। काबुललाई जोगाउन उनीसँग आत्मसमर्मपण वा सङ्घर्षको विकल्प देखिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.