राष्ट्रपति घानी भन्छन्: अफगानिस्तान गम्भीर खतरामा छ !

राष्ट्रपति घानी भन्छन्: अफगानिस्तान गम्भीर खतरामा छ !

काबुल: अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अफगानिस्तान अहिले गम्भीर खतरामा रहेको बताएका छन् ।

तालिबानले राष्ट्रव्यापी सैन्य अभियान सञ्चालन गरेपछि पहिलो पटक राष्ट्रपति घानीले सम्बोधन गरेका हुन्। तालिबान लडाकूहरु राजधानी काबुल नजिकै आइपुगेको बताइएको छ ।

कतिपय मिडियाले तालिबान काबुलको ढोका नजिकै आएको टिप्पणी गरिरहँदा राष्ट्रपति घानीबाट यस्तो प्रतिक्रिया आएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार तालिबानले अफगानिस्तानमा ३४ प्रान्तमध्ये आधा प्रान्त कब्जामा लिइसकेको छ ।

तीमध्ये दोस्रो र तेस्रो ठूलो सहर समेत तालिबानको कब्जामा परेको बताइएको छ । पछिल्लो समय अफगानिस्तान संकटमा फसिरहँदा अमेरिकाले आफुना नागरिक फिर्ता लैजाने प्रक्रिया सुरु गरिसकेको छ ।

बेलायत, नर्वे लगायत अन्य देशले पनि आफ्ना नागरिक फिर्ता लैजान प्रक्रिया सुरु गरेका छन् । क्यानडाले भने महिला नेत्रीहरुसहित २० हजार भन्दा धेरै मानिसलाई आश्रय दिने घोषणा गरेको छ । तीमध्ये अधिकांश यसअघि क्यानडाका लागि काम गरेकाहरु छन् ।

शान्ति स्थापनाका लागि २० वर्षसम्म अमेरिकी सेना अफगानिस्तानमा बसेर फर्किन थालेपछि तालिबान लडाकूले विभिन्न इलाकालाई आफ्नो कब्जामा लिन थालेका हुन् । यद्यपि भारत, जर्मनी सहित दर्जन बढी देशहरुले अफगानिस्तानमा सैन्य बलबाट स्थापित हुने सरकारलाई आफूहरुले मान्यता नदिने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.