इन्डोनेसियाको सेनाले हटायो महिला सैनिक भर्तीमा कुमारित्व परीक्षण

इन्डोनेसियाको सेनाले हटायो महिला सैनिक भर्तीमा कुमारित्व परीक्षण

जकार्ता: इन्डोनेसियाको सेनाले महिला भर्तीमा गरिने ‘कुमारित्व परीक्षण’को नियम खारेज गरेको छ ।

इन्डोनेसियाली सेनाले ७ वर्षपछि महिला सैनिक भर्ना प्रक्रियामा गरिने ‘कुमारित्व परीक्षण’मा रोक लगाएको हो । महिला सैनिक भर्तीमा हुने ‘कुमारित्व परीक्षण’ सम्बन्धमा इन्डोनेसियाको उक्त निर्णयलाई मानव अधिकारकर्मीहरुले स्वागत गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले सात वर्षअघि महिला सैनिक भर्नाको क्रममा गरिने ‘कुमारित्व परीक्षण’को कुनै पनि वैज्ञानिक आधार नभएको घोषणा गरेको थियो । उक्त घोषणाको सात वर्षपछि इन्डोनेसियाले गत बुधबारदेखि महिला सैनिक भर्नामा कुमारित्व परीक्षण प्रक्रियामा रोक लगाएको हो ।

स्टाफ जेनका सेना प्रमुख अन्दिका पेर्कासाले महिला सैनिक भर्तीको क्रममा गरिने कुमारित्व परीक्षणको विषय अनुचित रहेकोले सेनाले अबदेखि महिला सैनिक भर्तीमा कुमारित्व परीक्षण नगरिने बताउँदै भनेका छन्, ‘महिलाले कुमारित्वको आधारमा नभई आफ्नो क्षमता र योग्यताअनुसार सैनिकको शारिरीक परीक्षणमा सहभागी र छनोट हुन पाउनेछन् ।’

विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा इन्डोनेसियाको सेनाले क्लिनिकल निर्देशनअनुसार यौन दुर्व्यवहारमा परेका महिलाको स्वास्थ्य हेरचाहको नाममा गर्ने कुमारित्व परीक्षणको कुनै पनि वैज्ञानिक आधार नभएको बताउँदै आएको थियो ।

ह्युमन राइट्स वाचका अनुसार इन्डोनेसियामा दशकौँ अघिदेखि सेना र प्रहरी प्रशासनमा महिला भर्ती गर्दा कुमारित्व परीक्षणको अभ्यास गरिन्थ्यो भने सैनिक अधिकारीहरुका मंगेतरहरुको पनि कुमारित्व परीक्षण गरिँदै आएको थियो । इन्डोनेसिएन प्रहरीले सन् २०१८ देखि कुमारित्व परीक्षणको अभ्यासमा रोक लगाएको थियो ।

ह्युमन राइट्स वाचले सेनामा महिला भर्ती गर्दा सुरक्षा बलको नाममा इजिप्ट, भारत र अफगानिस्तानले गर्दै आएको कुमारित्व परीक्षणबारे पनि प्रमाणहरु जुटाएको छ । 
ह्युमन राइट्स वाचकी अन्वेषक एन्ड्रियाज हर्सोनोले इन्डोनेसियाको हवाई सेना र सेनाका कमान्डरहरुको सहायताले महिला सैनिक भर्तीका क्रममा लामो समयदेखि चलिआएको कुमारित्व परीक्षणको अन्त्य भएको बताएकी छन् ।

‘इन्डोनेसियाको आर्मी कमान्डले राम्रो निर्णय लिएको छ’ हर्सोनोले भनेकी छन्, ‘कुमारित्व परीक्षणसम्बन्धि सो निर्णयसँगै इन्डोनेसिया अवैज्ञानिक आधारको अन्त्य र महिला अधिकार दुरुपयोगको पहिचान गर्न सफल भएको छ ।’

-एबीसी न्युजबाट
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.