कैलालीको कान्द्रा नदीको बाढीले हुलाकी सडक बगायो

कैलालीको कान्द्रा नदीको बाढीले हुलाकी सडक बगायो

टीकापुर : कैलालीको दक्षिणी भजनी नगरपालिका ५ लालबोझीस्थित हुलाकी सडक बाढीले बगाएको छ । कान्द्रानदीमा आएको बाढीले टीकापुरको खक्रौलादेखि धनगढीको फुलबारी सडकखण्डको लालबोझीमा पर्ने सय मिटर बढी हुलाकी सडक बगाएको हो । 

तीनदिनदेखि परेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि हुलाकी सडक बगाएको हो । भजनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव बुढाले कान्द्रानदीले लालबोझीको सय मिटर बढी हुलाकी सडक बगाएको जानकारी दिए। 

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय तथा भजनी नगरपालिकाले २०७४ सालमा बनाएको तटबन्ध केहीदिन अघि बगाएको थियो। ‘नदी नियन्त्रणका लागि बनाएको तारजाली गत वर्षको बाढीले बगाएको थियो, अलिअलि सडक समेत कटान भएको थियो,' अध्यक्ष बुढाले भने, ‘यस वर्ष झण्डै सय मिटर बढी सडक बगाएको छ ।’

उनले नदीले सडक बगाएपछि स्थानीयलाई आवातजावतमा समेत समस्या भइरहेको बताए । अध्यक्ष बुढाले सडक निर्माणका लागि प्राविधिक टोलीले स्टिमेट गरिसकेको बताउँदै मर्मतका लागि नगरपालिकामा पहल भइरहेको बताए । 

तराई क्षेत्रको आर्थिक समृद्धिका लागि ०६६/०६७मा निर्माण सुरू गरिएको हुलाकी सडक आयोजनाअन्तर्गतको सो खण्ड बाढीले बगाएको हो । 

‘हुलाकी सडक बगाएर खेतहरुको आलीसम्म नदी पुगिसकेको छ,' स्थानीय निरज चौधरीले भने, 'तत्काल नियन्त्रणको पहल नभए लालबोझीका धेरै घरखेतहरु नदीमा परिणत हुनेछन् ।’ 

उनले नदीले गतवर्ष तटबन्ध आधा बगाएको उल्लेख गर्दै स्थानीय तहबाट नदी नियन्त्रणका लागि पहल नहुँदा यस वर्ष हुलाकी सडक नै बगाएको बताए। भजनीकै स्थानीय खेमराज पाण्डेले हुलाकी सडकसँगको सम्पर्क विच्छेद हुनेगरी कान्द्राले सडक बगाएकाले स्थानीय वैकल्पिक बाटो प्रयोग गरिरहेको बताए ।

हरेक वर्ष कान्द्रा नदीले धार परिवर्तन गरेर कटान गर्दै आएको स्थानीयले बताउँदै आएका छन् ।  भारत सरकारको सहयोग माटीकापुरको खक्रौला सडकदेखि धनगढीको क्याम्पस चोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माण गरिएको थियो । ६२ किलोमिटर सडकमध्ये बसन्तावन क्षेत्रमा पर्ने झण्डै दुई किलोमिटर सडक निर्माण अवरुद्ध भएपनि अन्य क्षेत्रमा यातायात सुचारु हुँदै आएको छ । गत वर्षदेखि सोही हुलाकी सडक चौडा बनाउने काम भइरहेको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.