वडाध्यक्षले भत्ताको रकमबाट गाउँका वृद्धहरुलाई बाँडे हर्लिक्स

वडाध्यक्षले भत्ताको रकमबाट गाउँका वृद्धहरुलाई बाँडे हर्लिक्स

सन्धिखर्क: सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्काले आफूले पाएको भत्ताको रकमबाट  वृद्धवृद्धाहरुलाई हर्लिक्स वितरण गरेका छन् ।

६५ वर्ष माथिका वृद्धवृद्धालाई आफ्नै खर्चमा अर्घाखाँची अस्पतालमा लगेर कोरोना खोप लगाइदिएका अध्यक्ष खड्काले सोमबार वडाको नगर स्वास्थ्य संस्थामा कोभिड विरुद्धको खोप लगाएका वृद्धहरुलाई हर्लिक्स वितरण गरेका हुन् ।

वडाध्यक्षको हैसियतमा प्राप्त गरेको भत्ताको रकमबाट वृद्धहरुलाई हर्लिक्स र मास्क वितरण गरेको वडा अध्यक्ष खड्काले बताए । पहिलो खोप लगाउँदा वृद्धहरुलाई अर्घाखाँची अस्पतालमा लैजाँदा ५ वटा मिनी बस रिजर्भ गर्दा लागेको र दोस्रो डोज खोप वडाको स्वास्थ्य सस्थामा लगाउने भएपछि सोही बराबरको रकमबाट हर्लिक्स र मास्क प्रदान गरेका हुन् ।

कार्यक्रममा कार्यपालिका सदस्य हिमकला टमाटा, वडा सदस्य बाबुराम बस्याल, समाजसेवी हरिबहादुर खड्का, स्वास्थ्य संस्था प्रमुख सन्जु केसी लगायतले वडाध्यक्ष खड्काको कामको प्रशंसा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.