कक्षा १२ को स्थगित परीक्षा कहिले होला ?

कक्षा १२ को स्थगित परीक्षा कहिले होला ?

काठमाडौं : कक्षा १२ को स्थगित वार्षिक परीक्षा सञ्चालन सन्दर्भमा अन्यौलता छाएको छ । कोभिड--१९ संक्रमणका  कारण ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको थियो । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड--१९ संकट व्यवस्थापन केन्द्रको आग्रहमा राष्ट्रिय परीक्षा वोर्डको साउन २३ मा बसेको बैठकले परीक्षा स्थगितको निर्णय गरेको थियो । बोर्डले विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकेपछि मात्रै परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । 

विद्यार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा.रोशन पोखरेललाई बोर्डले अनुरोध गरिसकेको छ ।  स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले विद्यार्थीलाई खोप उपलब्ध गराउने सकारात्मक जबाफ दिएका थिए । स्वास्थ्य मन्त्रालयले केहिदिनमै जापानबाट कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त १६ लाख डोजमध्ये बाँकी ८ लाख मात्रा एस्ट्राजेनेका खोप आउने जनाएको छ । 

वोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले विद्यार्थीलाई खोप लगाइसकेपछि चिकित्सकको सुझावपछि परीक्षा सञ्चालनबारे थप निर्णय हुने बताए । उनले भने, ,'विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छौं । खोप लगाएपछि चिकित्सकको रायमा थप निर्णय लिन्छौं ।’ परीक्षा हुनु १५ दिनअघि बोर्डले परीक्षा तालिका सार्वजनिक गर्ने जनाएको छ । 

बोर्डका अनुसार परीक्षामा ३ लाख ८६ हजार परीक्षार्थीले ४ हजार ३३५ परीक्षा केन्द्रबाट अनिवार्य र ऐच्छिक गरी करीब ९० विषयको परीक्षा दिने तयारीमा थिए । गत वर्ष परीक्षा समय र अंक भार घटाएर बोर्डले परीक्षा लिएको थियो ।  परीक्षा धकेलिदा विद्यार्थीहरु अन्योलमा परेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीलाई खोप उपलब्ध गराएर मात्रै परीक्षामा सामेल गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.