अघिल्लो बर्खाका पहिरोपीडित जहाँका त्यहीँ

अघिल्लो बर्खाका पहिरोपीडित जहाँका त्यहीँ

बेंसीसहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, पल्लोटारीका सन्तोष नेपाली पहिरो पीडित हन्। गत साउन ७ र ८ गते गाउँमा पहिरोले उनको घरजग्गा पुरेको थियो । गाउँकै सन्तबहादुर अछामीले १३ वर्ष विदेशमा दुःख गरि कमाएको १५ लाख रुपैयाँ खर्चेर बनाएको घर पनि सोही पहिरोमा डुब्यो ।

नेपाली र अछामीको मात्र हैन, पहिरोले सो गाउँका २१ घर पुरिए । ५९ घर उच्च जोखिममा परे । गाउँका ४ सयजना एकैपटक विस्थापित भए । उनीहरुलाई तत्काल उद्दार गरी तरापुको देविथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीय आदीको सहयोगमा अस्थायी टहरा बनाएर राखियो । पटक-पटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । सिंगो हिउँद वित्यो, तर पीडितको नयाँ घरमा बस्ने सपना भने अधुरै रह्यो । 

सरकारका प्रतिनिधिका आश्वासनले पीडितले घरको जग खन्न सुरु गरे । कसैले डिपिसी ढलान समेत गरे । तर अनुदानका लागि सम्झौतासमेत नभएपछि पीडितहरु यो वर्षात्मा पनि त्रिपालमुनी गुजारा चलाउन बाध्य भए । 

‘सरकारका प्रतिनिधिले वैशाखमा नयाँ घरको चापी दिन्छौं भनेर भाषण गरेका थिए,' पहिरो पीडित सन्तोष नेपालीले भने, ‘हिउँद वित्यो, बर्खा पनि वित्न लाग्यो, नयाँ घर बनाउन सम्झौतासमेत हुन सकेको छैन् ।’ 

मस्र्याङ्दी गाउँपालिका–३ का वडाअध्यक्ष प्रेम बस्नेतका अनुसार पहिरो पीडितका लागि घर बनाउन जग्गाको ब्यवस्थापन भइसकेको छ । देशविदेशबाट संकलन भएको चन्दा रकमबाट जग्गा ब्यवस्थापन गरिएको बस्नेतले बताए । उनका अनुसार पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालु आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो पीडितसँग घर पुनर्निर्माणका लागि सम्झौताको तयारी भइरहेको बताए। घर बनाउन लाभग्राहीले ४ लाख ५० हजार रुपैयाँका दरले पाउनेछन्। यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ।

पुनर्निर्माणका लागि अनुदान व्यवस्थासहितको कार्यविधि स्वीकृत भएर आएकाले घर पुनर्निर्माण कार्य छिट्टै अघि बढ्ने अध्यक्ष गुरुङले बताए। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको खातामा एकमुष्ट रकम आइसकेको बताए। उक्त अनुदान गाउँपालिकामार्फत वितरण हुने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.