२५ शैयाको एचडियू वार्ड सञ्चालन

२५ शैयाको एचडियू वार्ड सञ्चालन

दैलेख : दैलेख अस्पतालमा बुधवारदेखि २५ शैयाको एचडियू वार्ड सञ्चालनमा आएको छ । संघीय सरकारले पठाएको ३ करोड १२ लाख ७० हजार रुपैयाँमध्ये ठेक्का प्रक्रिया मार्फत २ करोड ८० लाखको लागतमा एचडियू (हाई डिपेन्डेन्सी युनिट)सञ्चालनमा आएको हो ।

सामग्रीहरु खरिद गरेर जडान गरेसँगै एचडियू सञ्चालनमा ल्याईएको स्वास्थ्य सेवा कार्यालय दैलेखका स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार २५ बेड मध्ये ५ बेड आइसोलेसन वार्ड र २० वटा बेड अस्पतालमै जडान गरिएको छ । 

कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा कोरोनाका बिरामीलाई उपचार गर्ने प्रयोजनका लागि निर्माण गरिएको आइसोलेसन वार्डमा जडान गरिएको एचडियूले कोरोना संक्रमितको उपचारमा सहज हुने रेग्मीले बताए। 

एचडियू सञ्चालनमा आएसँगै अब सामान्य बेडमा उपचार सम्भव नहुने बिरामीलाई एचडियूमा राखेर उपचार गरिने दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमित बिरामी मात्र नभई स्वासप्रश्वास लगाएतका गम्भीर बिरामीहरुको उपचारमा सहज हुनेछ । 

जनशक्ति अभावमा एक बर्ष अघि खरिद गरेर अस्पतालमा जडान गरिएको भन्टिलेटर थन्काउनुपरेको डा. थापाको भनाई छ ।

एचडियूको बुधवार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापा नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा मन्त्री थापाले दैलेख अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने बताए । मन्त्री थापाले अबको दुई बर्षभित्र दैलेख जिल्लाको स्वास्थ्य क्षेत्रहरु सबै व्यवस्थित भईसक्ने समेत जानकारी दिए।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.