जान्ह्वीको अन्दाज

जान्ह्वीको अन्दाज

मुम्बई : बलिउड अभिनेत्री जान्ह्वी कपुरले आफ्नो सुन्दरता र ग्ल्यामरस छविले सबैलाई मन्त्रमुग्ध पार्दै आएकी छन्। उनको हरेक दिन फ्यान फ्लोइङ बढिरहेको छ भने सामाजिक सञ्जालमा पनि उनलाई पछ्याउनेको संख्या निकै ठूलो छ।

जान्ह्वी कपुरले आफ्नो विभिन्न अन्दाजका तस्बिर, भिडियो एवं जानकारीहरू राखेर आफ्ना फ्यानहरूलाई खुसी तुल्याउँदै आएकी छन्। उनको वेस्टर्न होस् या ट्रेडिसनल जुनसुकै पहिरनलाई पनि फ्यानहरूले मन पराउने गरेका छन्। जान्ह्वी चर्चित बलिउड अभिनेत्री श्रीदेवी र निर्माता बोनी कुपरकी छोरी हुन्। 

हालै जान्ह्वी कपुरले केही फोटो सुटका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। रातो आउटफिटमा देखिएकी जान्ह्वीको सुन्दरतालाई धेरैले मन पराएका छन्। सामाजिक सञ्जाल इन्टाग्राममा पनि उनले राम्रै प्रतिक्रिया पाइरहेकी छन्। रातो आउटफिटमा फोटो सेयर गर्दै उनले ‘चेरी वाइनजस्तै मिठो’ क्याप्सन लेखेकी थिइन्। 

जान्ह्वीले ‘गुञ्जन सक्सेना’ मा काम गरेकी थिइन्। यस चलचित्रमा उनले निर्वाह गरेको भूमिकालाई धेरैले मन पराएका थिए। उनी ‘गुड लक जेरी’ र ‘दोस्ताना–२’लगायतका चलचित्रमा पनि देखिँदै छिन्। 
जान्ह्वीले सन् २०१८ मा बलिउडमा डेब्यु गरेकी हुन्। उनले रोमान्टिक ड्रामा फिल्म ‘धडक’मा पहिलो पटक अभिनय गरेकी थिइन्। उनले नेटफिलिक्सबाट प्रशारण भएको ‘घोस्ट स्टोरिज’, ‘गुञ्जन सक्सेना : द कार्गिल गर्ल’लगायतमा काम गरिसकेकी छन्। उनले तमिल फिल्ममा पनि काम गरेकी छन्।  
सन् २०१६ को सुपरहिट फिल्म  पिंकको तमिल रिमेकमा उनले काम गरेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.