शिक्षक र प्रहरीबीच झडप, भीमदत्तनगरपालिका तनाव ग्रस्त,१५ जना घाइते
महेन्द्रगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ । विधिविपरीत दरबन्दी मिलान भएको भन्दै शिक्षक संघले भीमदत्त नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेको थियो ।
प्रहरीले ताला खोलेपछि दुबैपक्ष बिच झडप भएको हो । नगरपालिकाले विधि विपरीत शिक्षकहरुको दरबन्दी मिलान गरेको भन्दै गत साउन ३ गतेदेखी शिक्षक संघ कञ्चनपुरले भीमदत्त नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेर रिले अनशनमा थिए ।
नगरपालिकाले एक महिनासम्म आफुहरुको माग सम्बोधन नगरेको भन्दै शुक्रबार नगरपालिकाको मुल गेटमै तालाबन्दी गरेपछि स्थीती तनाव ग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब १० सेल अश्रु ग्यास प्रहार गरेको थियो ।
झडपमापरी दुबैतर्फका १५ जना घाइते भएका छन । अहिले महेन्द्रनगर बजार क्षेत्र समेत तनावग्रस्त बनेको छ । नगरपालिकामा प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिती छ ।