विश्‍वभर आज: चिनियाँहरुलाई अब ३ सन्तान पाउन छुट, अफगानिस्तानमा मनाइयो स्वतन्त्रता दिवस

विश्‍वभर आज: चिनियाँहरुलाई अब ३ सन्तान पाउन छुट, अफगानिस्तानमा मनाइयो स्वतन्त्रता दिवस

महाराष्ट्रमा सरिया बोकेको ट्रक पल्टिँदा १३ मजदुरको मृत्यु

नयाँदिल्ली: भारतको महाराष्ट्र प्रदेशस्थित बुलढाणामा सरिया बोकेको मालवाहक ट्रक पल्टिँदा १३ मजदुरको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो २ बजे हिन्दू हृदय सम्राट बालासाहेक हाइवेमा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी १३ मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मृतक १३ मजदुरहरु महाराष्ट्र प्रदेश खरगोन गाउँका बासिन्दा रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार हाईवेमा निर्माणाधीन पुलमा कार्यरत सबै मजदुर सरिया बोकेको ट्रकमाथि सवार थिए । ट्रकले सोही निर्माणधीन पुलको लागि सरिया बोकेको थियो ।


०००

चीनमा अब दम्पतीले तीन सन्तान पाउन सक्ने

बेइजिङ: चीन सरकारले अन्तत तीन सन्तान पाउने नीति (थ्री चाइल्ड पोलिसी) आधिकारिक रुपमा स्वीकृत भएको छ । शुक्रबार बसेको चीनका शीर्ष नीति निर्माताहरु र चीनको राष्ट्रिय विधायक (नेसनल पिपुल्स कंग्रेस–एनपीसी) को बैठकले सो नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।

अब चिनियाँ दम्पतीहरुले तीन सन्तान पाउन सक्नेछन् । संसारको सबैभन्दा बढि आवादी भएको मुलुक चीनमा उच्च जन्मदर घटाउने उदेश्यले नीतिगत रुपमा परिवर्तन गरिएको बताइएको छ । सत्तारुढ कम्प्युनिस्ट पार्टीले गरेको सो निर्णयको चीनले औपचारिक रुपमा समर्थन पाएको छ ।

चीनको दशकौँ पुरानो ‘एक सन्तान नीति’लाई सन् २०१६ मा परिमार्जन गर्ने गरी हेरफेर गरिएको थियो । एक सन्तानको नीतिले चीनको जन्मदर घटेको भन्दै त्यसताका चीनले दुई सन्तानको नीतिलाई विकल्पको रुपमा अघि सारेको थियो ।

घट्दो जन्मदरका कारण वर्तमान समयमा चीनमा काम गर्ने व्यक्तिको संख्यामा कमी आएको बताइन्छ । सिन्ह्वा न्युजका अनुसार तीन सन्तान पाउने दम्पतीलाई चीन सरकारले आकर्षण सेवा सुविधा उपलब्ध गराउने छ ।


०००

ग्रीनल्याण्डमा इतिहासमै पहिलो पटक वर्षा

वासिंटन: वर्षभर हिमपात हुने बरफैबरफले ढाकेको ग्रीनल्याण्डको हिम क्षेत्रमा इतिहासमै पहिलो पटक पानी परेको बताइएको छ । समुद्री सतहदेखि २ माइल उचाईमा रहेको ग्रीनल्याण्डमा शनिबार पहिलो पटक पानी परेको हो ।

नेसनल स्नो एण्ड आइस डाटा सेन्टरकाअनुसार ग्रीनल्याण्डको हिम शिखर क्षेत्रमा सन् १९५० यता रेकर्ड तोड्ने गरी शनिबार पहिलो पटक भारी वर्षा भएको हो ।

तापक्रम बृद्धिका कारण ध्रुवीय क्षेत्रमा बरफ पग्लिँदै गएको छ भने हिउँ पर्नुको सट्टा पानी परिरहेको छ । ग्रीनल्याण्डको हिमपात हुने क्षेत्रमा भारी वर्षा हुँदा आइतबार औसतभन्दा सात गुणा बढी बरफ पग्लिएका छन् । तातो हावाको कारण बरफ पग्लिएिर तीन दिनको अन्तरालमा सात अर्ब टन पानी निस्कासन भएको छ ।

नेसनल स्नो एण्ड आइस डाटा सेन्टरका वरिष्ठ वैज्ञानिक टेड स्क्याम्वोजले हिउँ पर्ने क्षेत्रमा पानी पर्नु र तिब्र रुपमा बरफ पग्लिनुले ग्रीनल्याण्ड तिब्र रुपमा तातिरहेको प्रमाण देखाएको बताएका छन् ।


०००

अफगानिस्तानले मनायो स्वतन्त्रता दिवस

काबुल: अफगानिस्तानले आफ्नो स्वतन्त्रता दिवस मनाएको छ । अमेरिकाले अफगान युद्ध हारेको घोषणा गर्दै अफगानिस्तानले स्वतन्त्रता दिवस मनाएको हो ।

देशको नयाँ सरकार चलाउने र अन्य व्यवस्थापन जस्ता कैयौँ चुनौती बाँकी नै भए पनि अफगानिस्तानले बिहीबार स्वतन्त्रता दिवस मनाएको बताइएको छ ।

अफगानिस्तानमा ब्रिटिस शासन अन्त्य गर्ने १९१९ को सन्धि स्मरण गर्न हरेक वर्ष स्वतन्त्रता दिवस मनाइन्छ । यस वर्षको स्वतन्त्रता दिवसको अवसरमा तालिबानले ब्रिटिसबाट स्वतन्त्र भएकोमा आफुहरु निकै सौभाग्यशाली रहेको बताएको छ । स्वतन्त्रता दिवसको अवसरमा अफगानिस्तानले आफ्नो राष्ट्रिय झण्डा फहराएको थियो ।

तालिबानले अफगानिस्तान युद्धमा अमेरिका असफल रहेको भन्दै अफगानिस्तानबाट बाहिरिनु परेको बताएको छ ।


०००

हैटीमा भूकम्पको राहत बाँड्न गएका दुई डाक्टरको सामूहिक अपहरण

हैटीमा भूकम्पबाट पीडितका लागि राहत बाँड्न पुगेका दुई डाक्टर सामूहिक अपहरणमा परेका छन् । बिहीबार राहत वितरणको क्रममा दक्षिणपश्चिम हैटी पुगेका दुई डाक्टर सामूहिक अपहरणमा परेको बताइएको छ ।

अपहरणकारीले हैटीको राजधानी पोर्ट ओ प्रिन्स अस्पतालमा कार्यरत अर्थोपेडिक डाक्टरहरुको अपहरण गरेको बताइएको छ । दुईमध्ये एक हैटी र एक अमेरिकाबाट आएका डाक्टर रहेको बताइएको छ । डाक्टरहरु अपरहणमा परेपछि उनीहरु कार्यरत अस्पताल दुई दिनका लागि बन्द गरिएको छ ।

यसअघि भूकम्पपछि आएको तुफान र भारी वर्षाले हैटीका भूकम्प पीडितको उद्धार र राहत वितरणमा कठिनाइ भएको थियो । राहत वितरणमा खटिएका डाक्टर नै अपहरणमा पर्न थालेपछि झनै कठिनाइ भएको  बताइएको छ ।

अमेरिकी सरकार र विभिन्न निजी क्षेत्रले हैटीका भूकम्प पीडितको लागि राहत वितरण गरिरहेको छ । हैटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पका कारण ज्यान गुमाएउनेहरुको संख्या २१ सय पुगेको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन् । करिब १ लाख भन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएका छन् । हैटी भूकम्प मात्र नभई युद्ध र गरिबीको चपेटामा परेको मुलुक हो ।


००००

रुसमा बढे कोरोनाका नयाँ संक्रमित

मस्कोः रुसमा कोरोनाका नयाँ संक्रमित बढ्दै गएको बताइएको छ । रुसभर पछिल्लो २४ घण्टामा रुसमा २० हजार ९ सय ९२ कोरोनाका नयाँ संक्रमित फेला परेको बताइएको छ ।

डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको बेला रुसमा दैनिक २० हजार नयाँ संक्रमित फेला पर्ने गरेको र दैनिक ७८५ को मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन् । मस्कोमा सबैभन्दा बढी संक्रमण फैलिएको बताइएको छ । रुसमा हालसम्म कोरोनाबाट मृत्यु हुनेहरुको सख्या १ लाख ७४ हजार ४८५ पुगेको छ ।


०००

जिहादी आक्रमणमा ज्यान गुमाउनेहरुको लागि ३ दिन राष्ट्रिय शोक

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोमा जिहादी आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या ८० पुगेको छ । देशको उत्तरी क्षेत्रमा जिहादीहरुले आक्रमण गर्दा ६ सैनिक र ५९ सर्बसाधारणसहित ८० जनाले ज्यान गुमाएका छन् । 

गत बुधबार भएको जिहादी आक्रमणमा कैयौँ प्रहरी र सर्वसाधारण मारिएका थिए । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिष्चियन काबोरेले जिहादी आक्रमणमा परी ज्यान गुमाउनेहरुको लागि तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । इस्लामिक द्धन्द्धले निम्त्याएको सो आक्रमणलाई पछिल्लो समयको सबैभन्दा ठूलो रक्तपात मानिएको छ ।


०००

चर्चित जापानी अभिनेता चिवाको ८२ वर्षको उमेरमा निधन

टोक्यो: जापानका चर्चित मार्सल आर्टस् स्टार एवम् किल बिल फिल्मका अभिनेता सोनी चिवाको ८२ वर्षको उमेरमा निधन भएको छ ।

चिवाको कोरोनाको कारण शनिबार मृत्यु भएको हो । करिब ५ दशक फिल्म उद्योगमा विताएका अभिनेता सोनी हलिउड फिल्मका दर्शकहरुले रुचाएका सबैभन्दा चर्चित अभिनेता मध्ये एक हुन् ।

अभिनेता चिवा क्वेन्टिन तारान्तिनोको किलबिलको भूमिकाले बढी चिनिन्छन् । उनले थुप्रै हलिउड फिल्ममा अभिनय गरेका छन् । अभिनेता चिवालाई जापानी मार्सल आर्ट्स र करातेका हिरोको रुपमा चिनिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.