विश्‍वभर आज: ताइवानमाथि टिप्पणी नगर्न जापानलाई चीनको चेतावनी, तालिबानलाई पाकिस्तानी समर्थन

विश्‍वभर आज: ताइवानमाथि टिप्पणी नगर्न जापानलाई चीनको चेतावनी, तालिबानलाई पाकिस्तानी समर्थन

ताइवानमाथि टिप्पणी नगर्न जापानलाई चीनको चेतावनी

ताइवान: ताइवानका हरेक प्रश्नमाथि विवेक पु्‍र्‍याउन चीनले जापानलाई चेतावनी दिएको छ । ताइवानको कुनै पनि विषयमाथि टिप्पणी नगर्न र कुनै पनि विषयमाथि प्रश्न गर्नुअघि सावधानी अपनाउन चीनले जापानलाई चेतावनी दिएको हो ।

शनिबार एक कार्यक्रममा ताइवान अफेसर्य अफिस अफ द स्टेट काउन्सिलका प्रवक्ता एवम् कुटनीतिज्ञ मा जियाओगुआङले यस्तो बताएका हुन् ।

जापानको लिबरल डेमोक्रेटिक पार्टीले ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीमाथि ‘सुरक्षा विषय’माथि हालै गरेको टिप्पणीमाथि आपत्ती जनाउँदै जिया ओगुआङले भनेका छन्, ‘ताइवानबारेमा चीनले जथाभावी गरेको भन्दै जापान सरकार र सम्बन्धित व्यक्तिहरुले विभिन्न टिप्पणाीहरु दिइरहेका छन् । यसरी जथाभावी बोल्नु जापानको गल्ती हो । जापानको गल्ती हामीलाई चित्त बुझेको छैन’ उनले भनेका छन्, ‘जापानले तत्काल आफ्नो गल्ती सच्याएर आफ्नो इतिहास झल्काउनुपर्छ । एक–चीन नीति र चीन र जापानको चार राजनैतिक दस्तावेजको पालना जापानले गर्नुपर्छ ।’ 
प्रवक्ता माले बाह्य हस्तक्षेपका कारण ताइवानको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले ताइवान इनडिपेन्डेन्स असफलतातिर धकेलिरहेको पनि बताएका छन् ।
०००
संसारका ५६ इस्लामिक देशमध्ये तालिवानलाई पाकिस्तानको समर्थन

इस्लामाबाद: संसारका मुस्लिम राष्ट्रहरुलाई मनाउन तालिबानले संघर्ष गरिरहेको बताइन्छ । तर संसारका ५६ वटा मुस्लिम देशमध्ये पाकिस्तानले मात्र तालिबानलाई साथ दिएको बताइएको छ।

तालिबानलाई पाकिस्तानको समर्थन रहेको विषयमाथि पाकिस्तानका विदेशमन्त्री शाह महमुल कुरैशीले पाकिस्तानी सञ्चारमाध्यमसँग भनेका छन्, ‘अफगानिस्तान सरकारसँग तालिबानसँग लड्ने हिम्मत थिएन त्यसैले हार्‍यो । मानिसहरुले तालिबानलाई समर्थन गरेकोले तालिबानले सहजै सफलता हासिल गर्यो । पाकिस्तानले अमेरिकासँग झुक्नुभन्दा तालिबानलाई समर्थन गर्न उचित छ ।’

आर्थिक फाइदाको लागि नजिकिन खोजेका चीन र रुसले भने हालसम्म तालिबानलाई साथ दिने भन्नेबारे हालसम्म खुलेर भनेका छैनन् । संसारमा ६२ प्रतिशतभन्दा बढि मुस्लिम आवादी भएका मुलुहरु इन्डोनेसिया, भारत, पाकिस्तान, बंगलादेश र टर्की हुन् । तर पनि पाकिस्तानले मात्र तालिवानीलाई साथ दिएको बताइएको छ । यद्यपि, पाकिस्तानी जनताले भने तालिबानी नीति अस्वीकार गर्दै आएका छन् ।
०००

रुस, चीन र इरानले अफगानिस्तानको अवस्थाको फाइदा उठाउनेछन्ः टोनी ब्लेयर

लण्डन: ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट पछि हटेको अमेरिकी सेनाको कडा आलोचना गरेका छन् ।

उनले अमेरिकाले गैरजिम्मेवारीपूर्ण कदम उठाएको बताउँदै भनेका छन्, ‘अमेरिकी सेना फिर्ता भएपछि अब अफगानिस्तानमा जिहादी समूहको हिम्मत बढ्नेछ ।’

साथै पूर्व प्रधानमन्त्री टोनीले अफगानिस्तानको अहिलेको अवस्थामाथि रुस, चीन र इरानले फाइदा उठाउने बताएका छन् । ‘अमेरिकाले अफगानिस्ताबाट पछि हट्नु भनेकै  कम्युनिस्ट शासन भएका मुलुक रुस चीन र इस्लामिक मुलुक इरानले अफगानिस्तानको फाइदा उठाउनु हो । अब अघोषित रुपमा यि मुलुकहरुले अफगानिस्तानको फाइदा उठाउनेछन् ।
२० वर्षअघि अर्थात् टोनी ब्लेयरको प्रधानमन्त्री कालमा ब्रिटेनले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो । 
०००

मिडियाको अपिलपछि २ सयभन्दा बढी अफगान पत्रकार घर फर्कन पाउने

लण्डन: बेलायती मिडियासँग आबद्ध दुई सयभन्दा बढी पत्रकारहरु अब बेलायत जान पाउने भएका छन् । मिडियाको अपिलपछि पत्रकारहरुले बेलायत जान पाउने हक पाएका हुन् ।

विदेश सचिवालय डोमिनिक र्याबले पत्रकारहरु भित्र्याउने सन्दर्भमा बेलायत सरकार सहमत भएको र  ब्रिटिस मिडियासँग आबद्ध दुई सयभन्दा बढी पत्रकारहरुले आइतबार भिसा अनुमति पाएको बताएका छन् ।

प्रेस स्वतन्त्रताको हक र मानव अधिकारको कदर गर्दै पत्रकारहरुको सुरक्षाको लागि बेलायत जान अनुमति दिइएको उनले बताएका छन् । डोमिनिकले भनेका छन, ‘२ सयभन्दा बढी पत्रकारहरुकोले अब बेलायत प्रवेश गर्न पाउने छन् । विदेश मन्त्रालयले उनीहरुको भिसा स्वीकृत गरिसकेको छ । उनीहरुको जिवन रक्षा हाम्रो कर्तव्य हो । बेलायतको आप्रवासी नियमअनुसार नै उनीहरुलाई बस्न दिइनेछ ।’
०००

मलेसियाका प्रधानमन्त्रीले पद सम्हाल्न नपाउदै धु्रवीकरण अन्त्यको चुनौती

क्वालालम्पुर: शनिबार मलेसियाका नयाँ प्रधानमन्त्री इस्माइल साबरी याकुभले आफ्नो पदको शपथ ग्रहण गरे । प्रधानमन्त्री पद सम्हाल्न नपाउँदै आफूले राजनैतिक ध्रुवीकरण अन्त्यको चुनौती सामाना गर्नुपर्ने बताएका छन् ।

‘कोरोना महामारीको अन्त्य र लगातार बढ्दै गएको आर्थिक संकटको सामना त छँदै छ त्योसँगै देशमा जारी ध्रुवीकरण अन्त्यको चुनौती सामाना गर्नुपर्ने भएको छ’ आइतबार सञ्चारमाध्यमसँग बोल्दै उनले भनेका छन ।

नवनियुक्त प्रधानमन्त्री याकुब पूर्व प्रधानमन्त्री मुहिउद्धीन यासीनको कार्यकालमा उपप्रधानमन्त्री थिए । गठबन्धन र आपसी झगडाको कारण यासीनले गत सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 
०००

न्युयोर्कमा हेनरी चक्रपात, साढे ५ करोड मानिस प्रभावित

वासिंटन: अमेरिकाको मुख्य शहर न्युयोर्क शहरमा हेनरी चक्रपात्ले वितन्डा मच्चाएको छ । शनिबार रातिदेखि सुरु भएको सो चक्रपातका कारण भारी वर्षा र तुफान आएको छ ।

चक्रपातपछि आएको भारी वर्षा र तुफानका कारण न्युयोर्क शहरका सडकहरुमा बाढी आएको बताइएको छ । हावाहुरीका कारण कैयौँ रुख र विजुलीको पोलहरु ढलेको बताइएको छ ।

अमेरिकी मौसम विभागले हेनरी चक्रपात तुफानको गति करिब १२० किलोमिटर प्रतिघण्टा रहेको बताएको छ । चक्रपातका कारण करिब ५ करोड ५० लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ । खतरनाक चक्रपाती तुफानले अझै वितन्डा मच्चाउन सक्ने भन्दै शहरवासीलाई सावधान रहन मौसम विभागले आग्रह गरेको छ । 
०००

हैटीमा भूकम्प पिडितको लागि पठाइएको खाद्य सामग्री चोरी

पोर्ट औ प्रिन्स: हैटीमा गएको विध्वंसकारी भूकम्पका कारण ठूलो संख्यामा मानिसहरु घरबार विहीन भएका छन् । भूकम्प पीडितको राहतका लागि पठाइएको खाद्य सामग्री पनि चोरी भएको बताइएको छ । सानो बन्दरगाह भएको शहर लेस कायसमा आइतबार खाद्य सामग्री चोरी भएको बताइएको छ ।

हैटीको रेड क्रस कार्यालक्ष क्षेत्रमा राखिएको एक ट्रक खाद्य सामग्री चोरी भएको हैटीका नागरिक सुरक्षा एजेन्सीका अधिकारी जीन माइकल सवाले जानकारी दिएका छन् । ‘खाद्य सामग्री भरिएको करिब चारवटा ट्रकबाट सामान चोरी भएको छ । प्रहरीको सहयोगमा त्यहाँबाट एक ट्रक खाद्य सामग्री मात्र निकालिएको छ’ उनले भनेका छन्,  ‘लेस कायस शहरबाट ठूलो मात्रामा राहतका लागि आएको खाद्य सामग्री चोरी भएको छ । हैटीमा अब भोकमरी निम्तीन सक्छ ।’

हैटीमा अगस्ट १४ मा ७.२ म्याग्निच्युडको भुकम्प गएको थियो । भूकम्पमा परी २ हजार २ सयको ज्यान गएको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पबाट १ लाख भन्दा बढी भवनहरु भत्किएका छन् । 
०००

अष्ट्रेलियामा लकडाउन विरुद्धको आन्दोलन २० वर्ष यताकै ठूलो

सिड्नी: अष्ट्रेलियामा जारी लकडाउन विरुद्धको आन्दोलन २० वर्षयताकै उग्र आन्दोलन रहेको प्रहरीले जनाएको छ । लकडाउन विरुद्ध मेलबर्न जारी आन्दोलनले शनिबार २० वर्षयताकै सबैभन्दा उग्र रुप लिएको मेलबर्न प्रहरीले बताएको हो ।

आइतबार विज्ञप्ती जारी गर्दै मेलबर्न प्रहरीले शनिबार भड्किएको आन्दोलनले उग्र रुप लिएको बताएको छ । शनिबार भएको उक्त आन्दोलनमा प्रहरीले पहिलो पटक आन्दोलनकारीमाथि हतियार उठाउनु परेको भिक्टोरिया प्रहरी प्रमुख सेन प्याटोनले बताएका छन् ।

शनिबार मेलबर्नको मुख्य सडकमा करिब ४ हजारभन्दा बढी लकडाउन विरोधी आन्दोलनकर्मीहरु उपस्थित थिए  । आक्रोसमा रहेको भीड शान्त पार्न खोज्दा प्रहरी र आन्दोलनकर्मी बीच झडप भएको थियो । सो झडपमा परी करिब ९ प्रहरी र अन्य आन्दोलनकर्मी घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि अस्पताल अस्पताल पुर्‍याइएको थियो ।
०००

पाकिस्तानद्धारा काबुल उडानमा रोक 

इस्लामाबाद: पाकिस्तानले काबुल उडान भर्ने जहाजमाथि रोक लगाएको बताइएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान सरकारद्धारा सञ्चालित पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआइए) माथि अस्थायी रुपमा रोक लगाइएको हो ।

पिआइए पाकिस्तानको एक मात्र वाणिज्य एयरलाइन्स हो, जसले गत हप्ता तालिबानले काबुल कब्जामा लिएपछि अफगानिस्तानबाट राजनीतिकर्मी, विदेशी नागरिकको उद्धार गर्न सञ्चालन गरिएको थियो ।

जियो न्युजका अनुसार काबुलको हामिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमा फोहोरमैला थुप्रिँदा र विभिन्न असुविधाको कारण पाकिस्तानले विमान उडानमा अस्थायी रुपमा रोक लगाएको हो ।

साथै काबुल विमानस्थलमा अन्य मुलुकहरुबाट उद्धारको लागि थुप्रै आवतजावत बढेकोले पाकिस्तानले तत्कालीन समयका लागि हवाई उडानमा रोक लगाएको हो ।

प्रस्तुती: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.