त्रिविले जग्गा र भवनको भाडा उठाउन सकेन

त्रिविले जग्गा र भवनको भाडा उठाउन सकेन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरुले व्यापारिक प्रयोजनमा दिएका जग्गा र भवनको भाडा असुल गर्न नसकेको पाइएको छ । विभिन्न व्यक्ति तथा कम्पनीसँग सम्झौता गरी जग्गा तथा भवन भाडामा लगाएको तर सम्झौताअनुसार उपभोक्ताले भुक्तानी दिन आनाकानी गरेपछि भाडा असुल गर्न नसकिएको हो।

त्रिविले पटकपटक भुक्तानी बुझाउन आग्रह गरेपनि व्यापारीको आलटालका कारण लाखौं रकम बक्यौता रहेको हो। त्रिपुरेश्वरस्थित साविकको जनप्रशासन क्याम्पसको १० रोपनी १३ आना जग्गामा व्यापारिक केन्द्र भवन निर्माण भएपछि व्यवसायीले २०६४ वैशाखयता विभिन्न चरणमा गरी एक करोड ५२ लाख रुपैयाँ असुल हुन सकेको छैन । 

व्यवसायीसँग गरेको सम्झौतामा प्रत्येक महिनाको घर भाडा महिना सुरु भएको १५ दिनभित्र बुझाइसक्नुपर्ने र समयमा नबुझाएमा २० प्रतिशतका दरले विलम्ब शुल्क लाग्ने व्यवस्था छ । उक्त जग्गा ३२ वर्षका लागि लिजमा लिएको हो।

व्यवसायीले २०६४ वैशाखदेखि असोजसम्मको २४ लाख, २०७३ असोजदेखि चैतसम्मको सात लाख र २०७५ मंसिरदेखि २०७७ असारसम्म गरी एक करोड ५२ लाख बुझाउन बाँकी देखाएको छ । 

यस्तै, पाटन संयुक्त क्याम्पसको स्वामित्वमा रहेको भवन तथा जग्गाको भाडा सम्झौता अनुसार पनि असुल गर्न बाँकी छ। उक्त भवन तथा जग्गाको भाडा २०७७ असारसम्म एक कम्पनीसँग ५३ लाख ६३ हजार र अर्को एक कम्पनीसँग १८ लाख ४८ हजार असुल गर्न बाँकी छ । 

नेपाल कमर्स क्याम्पस मिनभवनले २० वटा पसल भाडामा लगाएकोमा दुई महिनादेखि १४ महिनासम्मको भाडा १३ लाख ६२ हजार असुल गर्न बाँकी देखिएको छ । उक्त रकम जरिवानासहित असुल गर्नुपर्ने भएपनि असुल हुन बाँकी रहेको ५८औं महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.