काबुल विमानस्थलमा एक अफगान गार्डको हत्या, तीन घाइते
काबुल: अफगानिस्तानको काबुल विमानस्थलमा भएको गोली काण्डमा एक अफगान गार्ड मारिएका छन् । अरु तीन जना घाइते छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई घर फिर्ता लैजाने प्रक्रियालाई तिब्र बनाइरहँदा विमानस्थलमा हमला भएको हो ।
जर्मन सेनाका अनुसार जर्मन र अमेरिकी सैनिकहरुबीच भीडन्त भएको थियो । समाचार अनुसार विमानस्थलको उत्तर गेटमा भीडन्त भएको हो ।
रोयटर्सका अनुसार तालिबानले विमानस्थको बाहिर बाक्लो संख्यामा आफ्ना लडाकू तैनाथ गरेको छ ।अफगान गार्डले भने विमानस्थलमा अमेरिकी फौजलाई सहयोग गरिरहेको बताइन्छ ।
सिएनएनका अनुसार विमानस्थल बाहिरबाट अफगान गार्डमाथि हमला भएको थियो । एएफपीका अनुसार १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानबाट ३० हजार जति नागरिकलाई फिर्ता लगिसकेको छ ।