जनस्वास्थ्य मापदण्ड कागजमै सीमित

जनस्वास्थ्य मापदण्ड कागजमै सीमित

काठमाडौं : सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी गरेको जनस्वास्थ्यका मापदण्डहरु काजगमै सीमित भएका छन्। अधिकांश नागरिकको हेलचेक्रयाईका कारण सो मापदण्ड कार्यान्वयनमा आउन नसकेको हो।

सरकारले जारी गरेको कोभिड- १९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड, २०७७ कार्यान्वयनमा आउन सकेको छैन। केहिदिन यता कोरोना संक्रमण दर स्थिर छ। अहिले दैनिक भौतिक उपस्थितिसहित भेला, सम्मेलन, गोष्ठि, र्‍याली भइरहेका छन्।

यस्तै, सार्वजनिक सवारी साधन, होटेलहरुमा पनि जनस्वास्थ्यका मापदण्ड लागु हुन सकेको छैन। जनस्वास्थ्य विज्ञहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगरे स्थिति थप जटिल हुने बताउँदै आएका छन्।

जनस्वास्थ्य मापदण्डको अत्यावश्यकिय अन्तर्गत सबै किसिमका जमघट र भेलाहरुमा कम्तिमा २ मिटरको दूरी अनिवार्यरुपमा कायम गर्ने, घर बाहिर जाँदा मास्कको प्रयोग अनिवार्य रुपले गर्ने उल्लेख छ।  सार्वजनिक स्थल तथा कार्यालयले आफ्नो परिसरमा हात धुने साबुन र पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र भवन प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धोएको वा स्यानीटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने उल्लेख छ। 

आधारभुतअन्तर्गत अनावश्यक वस्तु तथा सतहहरु नछुने, अनुहारको आँखा, नाक र मुखलाई अनावश्यक रुपमा नछुने, खोक्दा वा हाछ्यु गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिनाले छोप्ने उल्लेख छ। 
कार्यालयहरुमा प्रत्येक दिन कार्य आरम्भभन्दा पहिला अनिवार्य रुपमा थर्मोमिटरबाट ज्वरो जाँच गर्ने भनिएको छ। जनस्वास्थ्यका मापदण्डहरु प्रत्येक व्यक्ति, संघ संस्था, कार्यालयहरुले लागू गर्नुपर्ने भएपनि पुर्णतः कार्यान्वयनमा आउन सकेको छैन। संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले संक्रमणबाट बच्न स्वयम् व्यक्ति अनुशासित हुनुपर्ने बताए। उनले भने, ‘व्यक्तिगत सरसफाई, भौतिक दुरी कायम र मास्कको समुचित प्रयोगलाई ध्यान दिनुपर्छ। ’

स्वास्थ्य मन्त्रालयले गरेको प्रक्षेपणमा भदौमा ४५ हजार सात सय २६, असोजमा ३८ हजार पाँच सय ९७, कार्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार एक सय ८३ जनामा संक्रमित थपिने आँकलन छ। हालसम्म खोपको दुबै मात्रा १३ प्रतिशतले लगाएका छन्। मापदण्डको उल्लघंन गरेमा संक्रामक रोग ऐन २०२० र जनस्वास्थ्य सेवा ऐन २०७५ बमोजिम सजाय हुने जनस्वास्थ्यका मापदण्डमा उल्लेख छ। तर, सो बुँदापनि कार्यान्वयनमा आउन सकेको छैन। हालसम्म कोरोना संक्रमितको संख्या सात लाख ४७ हजार ४३३ पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.