वहुविवाहका अभियुक्त ८ वर्षपछि पक्राउ
सन्धिखर्क: जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले वहुविवाह कसुरमा फरार अभियुक्तलाई ८ वर्षपछि पक्राउ गरेको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ११ स्थायी तेज बहादुर कुंवरलाई विशेष सूराकीको आधारमा आफ्नै घरमा आई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए ।
जिल्ला अदालत अर्घाखाँचीबाट २०७० सालको बैसाख १६ गते वहुविवाह कसुरमा ११ महिना १७ दिन कैद सजाय भएकोमा निज व्यक्ति हालसम्म फरार थिए । उनलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची पठाएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले बताएका छन् ।