इन्जिनियरिङ कलेजले पूर्णशुल्क लिएको भन्दै संसदीय समितिको ध्यानाकर्षण
काठमाडौं : इन्जिनियरिङ कलेजहरुले अनलाइन कक्षा पढाएवाफत पूर्णशुल्क लिएको भन्दै संसदीय समितिले सरकारको ध्यानाकर्षण गराएको छ । इन्जिनियरिङ कलेजहरुले सतप्रतिशत शुल्क लिन थालेको भन्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार सरकारलाई ध्यानार्षण गराएको हो ।
समिति सभापति जयपुरी घर्तीले ट्युसन शुल्क बाहेक अन्य शुल्क नलिन आग्रह समेत गरिन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख डा. हरी लम्सालले शुल्कका विषयमा सम्बन्धित विश्वविद्यालयका पदाधिकारीहरुलाई बोलाएर गम्भिरतापूर्वक छलफल गरिने बताए ।
उनले भने, ‘कोभिड १९ को बेला शुल्कको विषयमा विवेक प्रयोग गर्नुपर्ने हो । शिक्षा मन्त्रालयले यस विषयलाई गम्भीर रुपमा लिएको छ ।’ केहिदिनयता इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन् ।
केही कलेजले १३ प्रतिशतसम्म छुट दिएपनि केहिले कोरोना महामारीका बेला भ्रमण,खेलकुदलगायत शीर्षकमा पनि शुल्क लिने गरेको विद्यार्थीको गुनासो छ।