युद्धपछिको अफगानिस्तान: आर्थिक पुनर्निर्माणमा चीनको सहयोग

युद्धपछिको अफगानिस्तान: आर्थिक पुनर्निर्माणमा चीनको सहयोग

बेइजिङ: तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएसँगै चीनका सरकारी तथा निजी स्वामित्वका फर्महरुले युद्धग्रस्त अफगानिस्तानको आर्थिक पुर्नसंरचना गर्ने उदेश्यले विभिन्न रणनीति अपनाइरहेका छन् ।

अफगानिस्तानमा अझै ‘हजारौँ कामहरु गर्न बाँकी छ’भन्दै चीनले लगानीका विभिन्न रणनीतिहरु अपनाइरहेको छ । चिनियाँ विश्लेषकहरुका अनुसार चीनको राजनीतिक सुरक्षा जोखिम र चीनको पर्ख र हेरको रणनीतिको नतिजा हो ।

यसैगरी चीनले तालिबानसँग सफलापूर्वक आफ्नो कुटनीति पनि अघि सारेको छ । अफगानिस्तानमा चिनियाँ व्यापारलाई सुरक्षित र लचिलो तरिकाले स्थापना गर्न चीनलाई सघाउँ पुग्नेछ ।

पश्चिमा सरकारका फर्महरु बाहेक चीनका निजी फर्महरु अफगानिस्तानमा दृढ रहन तयार छन् । अफगानिस्तानको पछिल्लो अवस्थाबारे पश्चिमा सञ्चारमाध्यमहरुले जेजस्तो समाचार, विश्लेषण र टिप्पणी प्रसारण तथा प्रकाशन गरे पनि अफगानिस्तानको आर्थिक अवस्था उकास्ने वास्तविक सहयोगदाता चीन नै हुने विश्लेषकहरु बताउँछन् ।

चिनियाँ सरकारी प्रवक्ताले सोमबार भनेका छन्, ‘अफगानिस्तानमा पश्चिमाहरुको चलखेलले असर पुगे पनि चीनियाँ राष्ट्रिय रणनीति भने प्रतिवद्ध हुनेछ । यसले अफगानिस्तानको विध्वंस होइन अर्थ र विकास निर्माणमा सघाउ पुग्नेछ ।’ एक चिनियाँ कम्पनीले दुई वर्षअघि अफगानिस्तानको लागि एक हाइवे निर्माण गरेको थियो ।

आइतबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबान विरुद्धको प्रतिबन्धको निर्णय उनीहरुको व्यवहारले निर्धारण गर्ने बताएका छन् । बेलायतले पनि तालिबानविरुद्धको प्रतिबन्ध र अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने अन्तिम मिति सार्ने या नसार्ने भन्नेबारे मंगलबार बसाल्ने भनेको जी ७ बैठकको मिति पनि पर धकेलिरहेको छ ।

चिनियाँ विश्लेषक, व्यवसायी र पर्यवेक्षकहरुका अनुसार अफगानिस्तानले सम्भावित प्रतिबन्धहरुमा  यात्रा, कोष उठाउने, सेवा प्रवाह र अन्तर्राष्ट्रिय पहिचान र अन्य मुलुकहरुसँगको व्यापार सम्बन्धमा हुन सक्ला । हदै भए विश्व बैंकिङ प्रणालीमा रोक लगाउन सक्ला । त्यसबाहेक उसले आफ्नो आर्थिक पुर्नसंरचना र अन्य विकासको लागि ठूल्ठूला चिनियाँ कम्पनीलाई स्थान दिन्छ ।

‘तर कुनै नीति तथा निर्देशनविना अफगानिस्तानमा लगानि गर्नु निकै जोखिमपुर्ण छ भने हाम्रो लागि फाइदाजनक पनि छैन’ चिनियाँ प्रवक्ताले भनेका छन्, ‘यदी हामीले नीति निर्देशनमा आधारित रहेर प्रक्रिया अघि बढाउने हो भने यसले दुवै मुलुकको भलो हुनेछ ।’

अफगानिस्तानको राजधानी काबुलमा सन् २०१९ देखि चाइना टाउन सञ्चालनमा आएको छ । जहाँ दर्जनौँ कम्पनीमार्फत उत्पादित जुत्ता, कपडा, टेक्टाइल, केबल आदि वस्तुहरुको विक्री वितरण हुने गर्छ । अफगानिस्तानमा अवस्थित चीन सरकारको स्वामित्वमा रहेका कम्पनी र निजी क्षेत्रका चिनियाँ लगानीकर्ताहरुले आफूहरु अफगानिस्तानमा स्थिर राजनीतिक अवस्थाको पर्खाइमा रहेको बताएका छन् ।

काबुलस्थित चाइना टाउनका संस्थापक सदस्य एवम् अफगानिस्तानस्थित चिनियाँ लगानीकर्ता परियोजनामा आवद्ध यु मिङगुईका अनुसार चिनियाँ व्यवसायीहरुलाई अफगानिस्तानको नयाँ नेतृत्वबारे पहिल्यै जानकारी गराइएको थियो । नयाँ नेतृत्वकर्ताहरुले चिनियाँ लगानीकर्ताहरुको रक्षा गर्ने र चिनियाँ लगानीकर्ताहरुले अफगानिस्तानको आर्थिक विकासमा सहयोग पुर्‍याउने बताइएको थियो ।

चाइना टाउनका उप महाप्रबन्धक लि सिजिङले सोमबार भनेका छन्, ‘अफगानिस्तानको लागि चिनियाँहरुको  व्यापार योजना कहिल्यै परिवर्तन हुनेछैन । किनकि चिनियाँहरु आवद्ध रहेका कैयौँ परियोजनाहरु अफगानिस्तानका नागरिकहरुको जिविका हो । देशको आर्थिक उन्नती हो । जुन तालिबानको अहिलेको मुख्य मुद्धाभित्र पनि पर्छ ।’

अफगानिस्तानको अहिलेको अवस्थामा सुधार र स्थिर नभइन्जेल चिनले आगामी लगानी योजनाहरुको लागि पर्खिनु पर्ने पनि उनले बताए । चीनको अर्थ मन्त्रालयका अनुसार अफगानिस्तानमा लगानी गर्न चिनियाँ कम्पनीहरुले सन् २०२० मा करिब ११० अमेरिकी डलरबराबरको सम्झौता गरिसकेका छन् ।

(ग्लोबल टाइम्सबाट । अनुवाद: अस्मिता खड्का)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.