तालिबानले अफगानीलाई मुलुक छाड्न नदिने

तालिबानले अफगानीलाई मुलुक छाड्न नदिने

काबुल : तालिबानले अफगान नागरिकलाई अब मुलुक छाड्न नदिने बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार काबुल एयरपोर्टमा मुलुक छाड्नेको भीड कायमै भएकाले तालिबानले मंगलबार आफगानीलाई अब बाहिर जान नदिने बताएको हो।

यसैगरी तालिबानले अमेरिकालाई ‘उद्धार’ कार्य अर्को साताभित्र सक्न पनि मिति तोकिदिएको छ। अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिक र विदेशी नागकिलाई उद्धार गरिरहेको छ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा विदेशी नागरिकलाई कुनै रोकटोक नगरिए पनि एयरपोर्टमा अफगानीको ठुलो भीडलाई फर्काने बताए। उनले अब अफगानीहरूले नयाँ कानूनको पालना गर्नुपर्ने बताए।

‘एयरपोर्ट जाने बाटोमा प्रतिबन्ध लगाइएको छ। अफगानीहरू त्यो बाटो भएर एयरपोर्ट जान पाउँदैनन्, तर विदेशी नागरिकहरूलाई भने उक्त बाटो भएर जान अनुमति छ।’ उनले अब अफगानीलाई बाहिर जान नदिइने भन्दै अफगानीलाई अन्य मुलुक लैजाने कार्यप्रति आफूहरू खुसी नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता गरिसक्ने बताएसँगै तालिबानको पछिल्लो भनाइ आएको हो। यद्यपि अमेरिकी गठबन्धनमा रहेका मुलुकले उद्धार कार्य अझै लम्ब्याउनुपर्ने बताएका छन्।

उनीहरू अझै धेरै मानिस बाहिर जान चाहेको भन्दै थप समय लाग्ने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.