टिपरको ठक्करबाट वृद्धाको मृत्यु

टिपरको ठक्करबाट वृद्धाको मृत्यु

जनकपुरधाम : टिपरको ठक्करबाट धनुषामा एक वृद्धाको मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका तिनकौरिया बजार स्थित टिपर ब्याक गर्ने क्रममा पछाडिको भागबाट ठक्कर लागेर वृद्धाको मृत्यु भएको हो। 

दुहबीबाट जनकपुरधाम आउने क्रममा ना २ प ७३७ नम्बरको टिपरले बिदेह नगरपालिका वडा नं. ६ घर भएकी आन्दाजी ६० वर्षीया रामप्यारी मण्डललाई ठक्कर दिंदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति करिब ९ बजेको समयमा टिपर ब्याक गर्ने क्रममा धक्का लागि टिपर मण्डलको शरीरमा चढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको टोलीले शवको मुचुलका उठाइ पोष्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.