सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ३ सयले घटेको छ। मंगलबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ३ सयले घटेर ९१ हजार ३ रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य ९० हजार ८ सय कायम गरिएको छ ।
चाँदीको भाउमा भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलाको एक हजार २१० रुपैयाँमा किचबेच भइरहेको छ। मंगलबार चाँदीको मूल्य एक हजार २०० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस !