पार्टी सनाखतका लागि नेपाल पक्ष निर्वाचन आयोगमा

पार्टी सनाखतका लागि नेपाल पक्ष निर्वाचन आयोगमा

काठमाडौं :  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सनाखतका लागि निर्वाचन आयोग पुगेको छ। नेपाल समूह चन्द्रागिरीबाट सिधै निर्वाचन आयोग पुगेको हो। नेपाल समूहका नेताहरु दुईवटा टुरिस्ट बसमा आएका हुन्।

नेपाल पक्षका केन्द्रीय सदस्य गंगाधर तुलाधरका अनुसार दुवै सदनका ३१ सांसद र ६२ केन्द्रीय सदस्य निर्वाचन आयोगमा सशरीर उपस्थित भएका छन्। निर्वाचन आयोगले पार्टी सनाखतका लागि दुईवटा डेस्क छुट्याएको छ। नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न छुट्टाछुट्टै डेस्कको व्यवस्था गरेको छ।

प्रस्तावित दुवै पार्टीले केही दिनअघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।  निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका दुवै पार्टीलाई बुधबार सनाखतका लागि बोलाएको छ। आयोगले दुबै दललाई सनाखतका लागि अढाइ घण्टा समय निर्धारण गरेको छ । अहिले नेपाल पक्षका नेताहरु पुगिसकेका छन् भने ठाकुर पक्षका नेताहरु आउने क्रम जारी छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकिएको छ । आयोगले भौतिकरुपमा उपस्थित हुन भनेपछि दुवै पार्टीका नेताहरु सशरीर निर्वाचन आयोग जान लागेका हुन्।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.