दैलेखका स्थानीय तहको बेरुजु ४६ करोड

दैलेखका स्थानीय तहको बेरुजु ४६ करोड

दैलेख : दैलेखका स्थानीय तहमा झण्डै ४६ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको अन्ठाउन्नौं बार्षीक प्रतिवेदन-२०७८ अनुसार जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकामा ४६ करोड १५ लाख रुपैयाँ रुपैयाँ बेरुजु निस्किएको हो । 

जिल्लाको ११ स्थानीय तहमध्ये सबैभन्दा बढि ठाटीकाँध गाउँपालिकामा बेरुजु देखिएको छ । १ अर्ब २५ करोड ७३ लाख ३८ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा ठाटीकाँधमा १० करोड १३ लाख २५ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ८.६ प्रतिशत हो ।

जिल्लामा सबैभन्दा कम भगवतीमाई गाउँपालिकामा बेरुजु देखिएको छ । गाउँपालिकाको ९६ करोड १७ लाख ६३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा कुल बजेटको १.९० प्रतिशत अर्थात १ करोड ८३ लाख १७ हजार रुपैयाँ बेरुजु देखिएको छ । 

यस्तै आठबीस नगरपालिकामा कुल बजेटको ३.२८ प्रतिशत अर्थात २ करोड ६८ लाख ६७ हजार रुपैयाँ बेरुजु देखिएको छ । नगरपालिकाले ८१ करोड ९३ लाख दुई हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । 

गुराँस गाउँपालिकाले लेखापरीक्षण गराएको ८९ करोड ५ लाख ३८ हजार रुपैयाँमा ५ करोड ४४ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ६.२२ प्रतिशत हो ।  

चामुण्डाविन्द्रासैनी नगरपालिकाले लेखापरीक्षण गराएको ९४ करोड ५६ लाख २९ हजार रुपैयाँमा २ करोड ६८ लाख ६३ हजार रुपैयाँ बेरुजु निस्किएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको २.८४ प्रतिशत हो ।

७४ करोड ४५ लाख ५ हजार रुपैयाँको लेखापरीक्षण गराएको डुङ्गेश्वर गाउँपालिकामा २ करोड ९१ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३.३८ प्रतिशत हो । 

१ अर्ब ५० करोड ५३ लाख ५३ हजार रुपैयाँको लेखापरीक्षण गराएको दुल्लु नगरपालिकामा लेखापरीक्षण गरिएको कुल बजेटको २.९३ प्रतिशत अर्थात ४ करोड ४० लाख ७० हजार रुपैयाँ बेरुजु निस्किएको छ । 

नारायण नगरपालिकाले लेखापरीक्षण गराएको १ अर्ब ११ करोड ८६ लाख २० हजार रुपैयाँमा ४ करोड २७ लाख ३ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो लेखापरीक्षण गरिएको कुल बजेटको ३.८२ प्रतिशत हो । 

यस्तै नौमूले गाउँपालिकामा ३ करोड ४६ लाख १६ हजार, महाबु गाउँपालिकामा ३ करोड २६ लाख ८५ हजार र भैरबी गाउँपालिकामा ३ करोड ९५ लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौमूलेले ७८ करोड ७८ लाख ५३ हजार, महाबुले ७९ करोड २ लाख १ हजार र भैरबीले ८५ करोड ९६ लाख १९ हजार रुपैयाँको लेखा परीक्षण गराएका थिए । बेरुजु रकम नौमूलेमा लेखापरीक्षण गरिएको कुल बजेटको ४.३९ प्रतिशत, महाबुमा ४.१४ प्रतिशत र भैरबीमा ४.६० प्रतिशत हो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.