रेशम चौधरीले जेलबाटै हस्ताक्षर सनाखत गरे
काठमाडौं : रेशम चौधरीले जसपा अध्यक्ष उपेन्द्र यादवको साथ छोडेर महन्थ ठाकुर पक्षमा उभिएका छन्। उनले ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन गर्दै जेलबाटै हस्ताक्षर गरेका छन्। नेता चौधरीले जेलबाटै लोकतान्त्रिक समाजवादी पार्टी समर्थन गर्दै हस्ताक्षर गरेको पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए।
प्रतिनिधिसभाका निलम्बित सांसद चौधरी डिल्लीबजार कारागारमा छन्।
ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका ३१ कार्यकारिणी सदस्य दर्ता प्रयोजनका लागि निर्वाचन आयोग पुगेका छन्।
रेशम चौधरीसहित लोकतान्त्रिक समाजवादी पार्टीका १५ जना सांसदले सनाखतका लागि हस्ताक्षर गर्दैछन्।