भारतमा एकैदिन ३७ हजारभन्दा बढी संक्रमित थपिए
भारतमा एकैदिन ३७ हजार ५९३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यस्तै, ३४ हजार १६९ जना संक्रमण मुक्त भएका छन्।
हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख २२ हजार ३२७ पुगेको छ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७५८ पुगेको छ। यस्तै, संक्रमणका कारण थप ६४८ जनाको मृत्यु भएको छ।