चार दिनदेखि हराएकी बालिका मृत भेटिइन्

चार दिनदेखि हराएकी बालिका मृत भेटिइन्

दैलेख : कालिकोटमा चारदिनदेखि हराएकी एक बालिकाको शव मकै बारीमा फेला परेको छ । खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया निरु विकको शव मकैबारीमा भेटिएको हो ।  गत शुक्रबारदेखि हराएकी निरुको शव मंगलबार दिउँसो घर नजिकै मकैबारीमा भेटिएको हो । जंगली जनावरले क्षतविक्षत पारेको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ ।

बालिकाको शव मकैबारीमा देखेपछि स्थानीय र बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव भेटिएको खबर आएसँगै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहको नेतृत्वमा जिल्ला सदरमुकाम मान्मबाट प्रहरीको टोली खटिएको थियो । 

बालिकाको शव सडेको अवस्थामा फेला परेको डीएसपी शाहले बताए । ‘बालिका भदौ ४ गते बाट हराएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,' डीएसपी शाहले भने, ‘घरबाट ३ सय मिटर टाढा शव भेटिएको हो ।’ 

डीएसपी शाहका अनुसार बालिकाको शरीरको तल्लो भाग स्यालले खाइसकेको अवस्थामा शव भेटिएको छ । शव जिल्ला अस्पताल कालिकोटका पोस्टमार्टम भइसकेको र रिपोर्ट आउन बाँकी रहेको डीएसपी शाहले जाजकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहले बताए। स्थानीय बासिन्दा र बालिकाका आफन्तहरुले निरुको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । उनीहरुले घटनाको निष्पक्ष अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.