राष्ट्रिय विज्ञान प्रतिभा प्रतिस्पर्धामा प्रान्जल प्रथम

राष्ट्रिय विज्ञान प्रतिभा प्रतिस्पर्धामा प्रान्जल प्रथम

गुलरिया : राष्ट्रिय विज्ञान प्रतिभा प्रतिस्पर्धामा बर्दियाका प्रान्जल ज्ञवाली प्रथम भएका छन् । आर्थिक वर्ष ०७७-७८ का लागि विज्ञान शिक्षक समाजले आयोजना गरेको विद्यालय स्तरिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान प्रतिस्पर्धामा बढैयाताल गाउँपालिकास्थित श्री भगवती संस्कृत तथा साधारण माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत ज्ञवाली उत्कृष्ट भएका हुन् ।

पहिलो चरणमा सातै प्रदेशका २/२ जनाका दरले १४ जना प्रतिस्पर्धीले केन्द्रिय प्रतिस्पर्धामा विज्ञान प्रतिभायुक्त परियोजना प्रस्तुत गरेका थिए । परोपकार माध्यमिक विद्यालयको आइसीटी कक्षमा आयोजित प्रतिस्पर्धामा आफूले बनाएको स्मार्ट होम प्रर्दशनी गरेको प्रथम सहभागी प्रान्जल ज्ञवालीले बताए । 
    

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डाक्टर सुरेश कुमार ढुँगेलको भौतिक उपस्थितीमा ५ सदस्यीय विज्ञ सहभागी मूल्यांकन समितिले प्रतिभा मूल्यांकन गरेका हुन्। 

अन्तिम स्पर्धाबाट ज्ञवाली प्रथम भएका छन् । श्री होराईजन माध्यमिक विद्यालय कपिलवस्तुका अनुसन्धान पोखरेल द्वितिय, श्री आदर्श माध्यमिक विद्यालय विराटनगरकी श्रेता पोखरेल तृतिय र श्री पध्मकन्या माध्यमिक विद्यालय काठमाडौंकी स्विकृति वास्तोला चतुर्थ भएकी छिन् ।

उत्कृष्ट विद्यार्थीहरुलाई असोज १ गते राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर क्रमशः १० हजार, ८ हजार, ६ हजार, ४ हजार नगद, प्रमाणपत्र र सम्मानसहित पुरस्कृत गरिने समाजले जनाएको छ । प्रर्दशनिमा देशैभरबाट १ सय भन्दा बढी विज्ञान शिक्षक र विद्यार्थीहरु सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.