बिरानो नबनोस् विद्यालय

बिरानो नबनोस् विद्यालय

विश्वमा कोरोनाको असर नपरेको क्षेत्र र मुलुक छैन । लाखौंले ज्यान गुमाए । आर्थिक क्षेत्र डामाडोल बन्यो । अर्थतन्त्रमा अब्बल मानिएका देशहरूले आर्थिक क्षेत्र सुधारका लागि सुरक्षाका योजना बनाए । सबै क्षेत्र चलायमान पनि भएका छन् । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन ।

क्रमशः उद्योग कलकारखाना, पर्यटन, बजार पसल खुले पनि दिर्घकालीन योजना नहुँदा पुनः कहिले बन्द हुन्छ, टुंगो छैन । अझै शैक्षिक क्षेत्र त डामाडोल नै छ । नेपालको तुलनामा निकै ठूलो असर परेको अमेरिका, बेलायतलगायत युरोप र अन्य सम्पन्न मुलुकमा गत वर्षबाटै पढाइ सुचारु छ । वैकल्पिक माध्यमबाट पढाइ, परीक्षालगायत सबै प्रकारका शैक्षिक गतिविधि रोकिएका छैनन् । नेपालमा भने केहीले अनलाइन कक्षा चलाए पनि सबैमा कसरी सञ्चालन गर्ने बहस मात्रै छ ।

बालबालिका विद्यालय नगएको वर्षौं भयो । २०७६ चैत ११ गते लकडाउन हुनुभन्दा अघिदेखि नै शैक्षिक क्षेत्र बन्द थिए । साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ । विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा पाँच लाखभन्दा बढी अध्ययनरत छन् । केही प्रतिशत विद्यार्थी अनलाइन कक्षामा आवद्ध छन् भने यसको पहुँचमा नपुगेका लाखौं छन् ।

विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ । मुलुकभर ३५ हजार पाँच सय २० विद्यालय छन् । तीमध्ये २८ हजार ८ सय ३३ सामुदायिक र ६ हजार ६ सय ८७ संस्थागत छन् । सामुदायिकमा ५५ लाख ८७ हजार ८ सय ८४ र २५ लाख ४४ हजार ५ सय ५१ गरी ८१ लाख ३२ हजार ४ सय ३५ विद्यार्थी छन् । सबै विद्यार्थी घरमै छन् । घरमै बसेर पढ्न र सिक्ने वातावरण उनीहरूलाई छैन ।

कोरोना महामारीले शैक्षिक क्यालेन्डर नै परिवर्तन गराएको छ । परीक्षा लिने र दिने अवस्थामा फेरबदल आयो । कुन परीक्षा कहिले हुन्छ र नतिजा आउँछ भन्ने निश्चित मिति हुन छाड्यो । तोकिएका परीक्षा पनि स्थगित भए । विद्यार्थीले कसरी पढ्ने र परीक्षाको तयारी गर्ने सबै नियम हराए । लक्ष्य राखेर उच्च शिक्षा हाँसिल गर्न खोज्ने विद्यार्थीको योजना डामाडोल बन्यो ।

विद्यालय बन्द हुँदा भौतिक संरचनामा पनि असर परेको छ । कति विद्यालय त अब फेरि खोल्नु परे पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । शैक्षिक क्षेत्रभित्रको समस्या धेरै भए पनि हालसम्म यसका समाधानमा सरकारका तर्फबाट कुनै प्रयास भएको छैन ।

कोरोना मानव स्वास्थ्यमा थपिएको नयाँ रोगको सूची हो । यो रोगसँग अब जुधेर बाँच्नुको विकल्प छैन । पहिलेको जस्तो दैनिकी र कार्यसम्पादन नभए पनि फरक रूपमा चल्नै पर्छ । त्यसैले बन्द भएका क्षेत्र खुल्ला गर्दै लैजानु पनि छ । अन्य क्षेत्रजस्तो शैक्षिक संस्था खुल्ला गर्न सहज त छैन । तर, विकल्प खोज्न सकिन्छ । अन्य मुलुकले चालेका सही कदमको सिको गर्न सकिन्छ ।

खोपको विकास भएको छ । उमेर मापदण्ड पुगेका विद्यार्थीलाई खोप दिएर भौतिक रूपमै कक्षा सञ्चालन गर्न सकिन्छ । अझै कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप दिएर पठनपाठन र परीक्षा सञ्चालन गर्ने विकल्प छ । यो सरकारका लागि गाह्रो काम होइन । यसका लागि मात्रै योजना बनाएर सानो प्रयास गरे पुग्छ ।

साना बालबालिकालाई अनलाइन कक्षासहित खोप नआएसम्म अन्य विकल्पबाट शिक्षा दिए हुन्छ । भौतिक रूपमा पनि सामाजिक दूरी कायम गरेर पठनपाठन गराउन सक्ने संरचना भएका विद्यालय सञ्चालन गर्ने वातावरण मिलाउनु पर्छ । कोरोनाको जोखिम र विद्यार्थीको चाप नभएका जिल्लाहरूमा स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय खोल्न सकिन्छ । अब पनि विकल्प खोजेर पठनपाठन नगराए देशमा बेरोजगारी दर बढ्ने निश्चित छ । विद्यार्थीमा पनि मानसिक समस्या आउन सक्छ । यस विषयमा सरकार समयमै गम्भीर बनोस् ।्
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.