युरोप पठाइदिन्छु भनी ठगी गर्ने  पक्राउ

युरोप पठाइदिन्छु भनी ठगी गर्ने  पक्राउ

काठमाडौं : रामेछाप गोकुलगंगा गाँउपालिका वडा न‍. ३ स्थाई घर भइ हाल काठमाडौं कोटेश्वर बस्ने ३३ वर्षीय पोशबहादुर सुनुवार ठगीको आरोपमा प्रक्राउ परेका छन्। 

सुनुवारले काभ्रेपलाञ्चोक भुम्लु गाँउपालिका वडा नं. ९ ज्याम्दी बस्ने  ३० वर्षीय प्रेमकुमार लामा दोङसमेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया पठाइदिने प्रलोभन देखाएका थिए। प्रतिव्यक्ति ७ लाख रुपैयाँमा लिथुनियाको प्रतिष्ठित होटलमा काम लगाइने बताएर उनले ६ जनाबाट प्रतिव्यक्ति रु १ लाखका दरले ६ लाख लिइसकेका थिए। तर त्यति पैसा लिएरपछि सुनुवार सम्पर्कविहीन भएका थिए।

सुनुवारलाई वैदेशिक रोजगार विभागको समन्वयमा महानगरीय अपराध महाशाखाको टोलीले कोटेश्वरबाट  पक्राउ गरेको छ। हाल उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.