असोज दोस्रो सातासम्म ६१ लाख मात्रा खोप आउने
काठमाडौं : असोज दोस्रो साताभित्र थप ६१ लाख मात्रा कोरोना विरुद्धको खोप आइपुग्ने सुनिश्चित भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो ।
स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले थप खोपको सुनिश्चितता भएको जानकारी दिए। यस्तै, सरकारले कोरोना विरुद्धको खोपलाई नियमित खोप सेवाको रुपमा स्थापित गर्ने तयारी जनाएको छ ।
सरकारले २ करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ । हालसम्म एक करोड ३२ लाख मात्रा खोप भित्रिसकेको छ । सरकारले असोजभित्र एक तिहाइ जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ ।