पहिरोले बेसीसहर जाने सडक अवरुद्ध

पहिरोले बेसीसहर जाने सडक अवरुद्ध

बेंसीसहर : अविरल वर्षाका कारण पहिरो जाँदा डुम्रे-बेसीसहर सडकखण्ड लमजुङको उदीपुरमा सडक अवरुद्ध भएको छ । बेसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा सडक पहिरोले बगाएपछि अवरुद्ध भएको हो ।

पहिरोले सडक बगाएपछि सवारीसाधन आवतजावत बन्द भएकोछ । सदरमुकाम बेसीसहर जोड्ने एकमात्र सडक अबरुद्ध भएपछि सर्वसाधरण समस्यामा परेका छन् । डुम्रे–बेसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठले नयाँ ट्रयाक खोलेर शुक्रबार साँझसम्म अवरुद्ध सडक खुलाउने बताए । 

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्की लगायतको टोलीले पहिरो गएको क्षेत्रको अवलोकन गरी सडक खुलाउन पहल गरेका छन् ।  डिएसपी कार्कीका अनुसार एम्बुलेन्स र मोटरसाइकल बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै निरन्तरको वर्षासँगै गएको पहिरोका कारण बेसीसहर–चामे सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.