बाढीग्रस्त क्षेत्रमा विद्युत सेवा कटौती

बाढीग्रस्त क्षेत्रमा विद्युत सेवा कटौती

गौशाला (महोत्तरी) : महोत्तरीको वलवा नगरपालिका ४ तिलगढमा रातु नदीको पानी पसेर विजुलीका पोलहरूमा क्षति पुर्‍याएको छ। पोलमा क्षति पुगेपछि सो क्षेत्रमा अनिश्चितकालको लागि विद्युत सेवा कटौती गरिएको छ। 

सो क्षेत्रमा बाढीको पानीले गर्दा थप जनधनको क्षति हुनबाट जोगाउनका लागि विद्युत सेवामा कटौती गरिएको जलेश्वर वितरण केन्द्रले जनाएको छ। जलेश्वर वितरण केन्द्रले दिएको जानकारी अनुसार लोहारपट्टी र पडौल फिडरको केही थान पोल रातो नदिमा आएको बाढीको कारण क्षतिग्रस्त भएकोले हो।  

अनिश्चित समयका लागि बाढीग्रस्त क्षेत्र बदिया, बन्चौरी, तिलगढ, रामुटोल, कबिरगमा, भगवानपुर, भ्रमरपुरा, लोहारपटी, डठौरा, पररिया र अन्हारवन गाउँहरुमा सेवा अवरुद्ध गरिएको जलेश्वर वितरण केन्द्रले जनाएको छ । नदीमा पानीको वहाव कम भएपछि क्षतिग्रस्त लाइनलाई मर्मत गरी यथाशीघ्र सुचारु गरिने कार्यालय स्रोतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.