एपिवान र सेल पेबीच सम्झौता: नेपाल आइडलको भोटीङ पार्टनरका रुपमा सेल पे जोडीयो

एपिवान र सेल पेबीच सम्झौता: नेपाल आइडलको भोटीङ पार्टनरका रुपमा सेल पे जोडीयो

काठमाडौँ: चर्चित रियालीटी शो नेपाल आइडलको भोटीङ पार्टनरको रुपमा सेल पे जोडीएको छ । एपिवान टेलीभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्य र सेल पे, सेलकमका प्रवन्ध निर्देशक पवन प्रधानबीच शुक्रबार दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा एपिवान टेलीभिजनका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्य, एपिवान टेलीभिजनका निर्देशक सच्चन थापा, एपिवान टेलीभिजनका अपरेसन डिरेक्टर तथा नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेल, एपिवान टेलीभिजनका मानव संशाधन तथा प्रशासन विभाग प्रमुख नरेश मान श्रेष्ठ, लेखा विभाग प्रमुख केशरी बल्लभ दाहाल, अन्‍नपूर्ण पोष्टका मार्केटिङ म्यानेजर प्रनिल अर्याल, आइएमएस गुप्रका सीईओ डिकेस मल्होत्रा, सेल कम र सेल पेका प्रवन्ध निर्देशक पवन प्रधान लगायतको सहभागिता थियो ।

वर्षभरीकै उत्सवका रुपमा संगीतको दर्शक र पारखीहरुलाई जोड्ने पुलको रुपमा नेपाल आइडलले काम गर्छ । एपिवान टेलीभिजन र सेल पे सँगको सहकार्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय भोटीङको लागि सम्झौता भएको हो ।

हस्ताक्षर कार्यक्रममा राजेन्द्र शाक्यले नेपाल आइडल सिजन ३ सम्म अत्यन्त सफल भएको भन्दै चौथो सिजनमा अझ बढी दर्शकसँग जोडिने अपेक्षाका साथ सेलपेसँग सहकार्य सुरु गरिएको जानकारी दिए । दर्शकले दिने भोटले प्रतियोगीलाई साहस र उत्प्रेरणा थप्ने भन्दै उनले भोटकै कारण उनीहरुले छिट्टै समयमा धेरै प्रगती गर्ने अनुभव आफुहरुले गरेको र सेलपे एपको माध्यमबाट दर्शकको सहभागिता बढ्ने विश्‍वास रहेको बताए ।

एपिवान टेलीभिजनका निर्देशक सच्चन थापाका अनुसार सेलल पेसँगको आवद्धताले नेपाल आइडलको भोटीङमा सकारात्मक प्रभाव पुर्‍याउँछ । साथै पहिलेका रेकर्ड भोटीङहरु ब्रेक हुन अझ बढी सहभागिता बढ्ने थापाको विश्वास छ ।

नेपाल आइडलको सुन्दरता निर्णायक र सहभागिता मात्रै नभएर दर्शक पनि भएको सुरेश पौडेलले बताएका थिए । दर्शक जोडिने माध्यम भोटीङ भएको उनको धारणा थियो । धेरैलाई मनपर्ने प्रतियोगीलाई भोट गर्ने रहर भएकाले सेल पेको माध्यमबाट त्यो रहर पूरा हुने पौडेलले बताए ।

सेल पे, सेल कमका प्रबन्ध निर्देशक पवन प्रधानले आफूहरु नेपाल आइडल जस्तो नम्बर वान रियालीटी शोसँग जोडिन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए । साथै सेल पेका लागि पनि नेपाल आइडल एक अवसरको रुपमा रहेको उनको भनाइ थियो ।

भोटीङलाई अझ बढी प्रभावकारी बनाउन कोसिस गर्ने पनि उनको भनाइ थियो । आइएमएस गुप्रका प्रमुख कार्यकारी अधिकृत डिकेश मल्होत्राले व्यक्तिगत रुपमा आफू रियालीटी शोहरुको फ्यान भएको भन्दै नेपाल आइडलका सबै सिजनलाई ज्यादै फलो गर्ने बताए । नेपाल आइडलको भोटीङ पार्टनरको रुपमा सेल पेको माध्यमबाट जोडीन पाउँदा निकै खुसी लागेको उनले बताए ।

नेपाल आइडल चौथो सिजनको डिजीटल अडिसन यही भदौ १ गतेदेखि सुरु भैसकेको छ । औपचारिक रुपमा आगामी मंसिर २३ गतेदेखि एपिवान टेलीभिजनबाट प्रशारण हुनेछ । चैत ५ गते चौथो नेपाल आइडलको नाम घोषणा गरिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.