ओसाकाले स्वीकारिन गल्ती

ओसाकाले स्वीकारिन गल्ती

टोकियो : जापानी टेनिस सुन्दरी नाओमी ओसाकाले फ्रेन्च ओपनका दौरान मिडियाबाट टाढा बस्न लिएको निर्णय गलत भएको स्वीकार गरेकी छन्। ओसाकाले मानसिक स्वास्थ्यका लागि लिइएको निर्णयले त्यतिखेरको निर्णयले कति ठूलो रुप लिन्छ भनेर आँकलन गर्न नसक्दा विवादित बन्न पुगेको बताएकी हुन्। 

‘मैले आफ्नो मानसिक स्वास्थ्यका लागि मिडियासँग कुरा नगर्ने निर्णय लिएको थिएँ। त्यो निर्णय लिँदा त्यसको प्रभाव कस्तो पर्छ भन्ने सोच्नै सकिनँ’, अमेरिकी (यूएस) ओपनका क्रममा कुरा गर्दै उनले भनिन्, ‘त्यही अवस्था अहिले आएको भए अलग तरहले सम्हाल्ने थिएँ।’ 

फ्रेन्च ओपनमा उनले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोस्ट् म्याच कन्फरेन्समा सहभागी नहुने निर्णय गरेकी थिइन्। जसका कारण ओसाका र ग्रान्डस्लाम आयोजकबीच विवाद बढेपछि उनले प्रतियोगिता नै छाड्ने निर्णय लिएकी थिइन्। ‘मलाई लाग्छ, त्यो समय मैले धेरै गल्ती गरें’, ओसाकाले भनिन्, ‘म पनि त्यही व्यक्ति परें। जो त्यस्तो समयमा सही निर्णय लिन सक्तैनन्। त्यस बेलाको घटनाले मैले धेरै कुराहरू सिक्न पाएँ। अब त्यस्तो स्थिति फेरि आउँदैन।’

२३ वर्षीया ओसाका यूएस ओपनको उपाधि रक्षाको अभियानमा छिन्। गत वर्ष उनले बेलारुसकी भिक्टोरिया अजरेन्कालाई पराजित गर्दै दोस्रो पटक यूएस ओपनको उपाधि जितेकी थिइन्। आफ्नै देशमा भएको टोकियो ओलम्पिकमा ओसाकाबाट स्वर्णको आशा गरिएको थियो। तर, लामो समयदेखि मानसिक स्वास्थ्यको समस्याबाट जुधिरहेकी ओसाकाले घरेलु कोर्टमा कुनै जादु देखाउन सकिनन्। ‘म अहिले शारीरिक र मानसिक रुपमा स्वस्थ छु’, ओसाकाले भनिन्, ‘पछिल्लो समय मैले धेरै प्रतियोगिता खेलेको छैन। तर, पनि स्वभाविक लयमा फर्कनेमा आशावादी छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.