अमेरिकामा १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी

अमेरिकामा १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी

लुइजियाना : संयुक्त राज्य अमेरिकाको लुइजियाना राज्यमा सन् १८५० औं दशकयताकै खतरनाक आँधी आउने चेतावनी दिइएको छ । हुरिकेन इदा नाम दिइएको उक्त आँधी आइतबार लुइजियाना राज्य आइपुग्ने चेतावनी स्थानीय सरकारले दिएको छ । 

नेसनल हुरिकेन सेन्टरका अनुसार इदा हुरिकेन शनिबार मध्यरातिसम्म इदा हुरिकेन मेक्सिकोको गल्फ क्षेत्रसम्म आइपुगेको छ भने आइतबार बिहान (स्थानीय समय) सम्म अमेरिकाको लुइजियाना प्रान्तमा आइपुग्ने छ । सो हुरिकेन सन् १८५० यताकै विनाशकारी रहेको र आइतबार साँझसम्म उक्त राज्यमा रहने प्रक्षपेण हुरिकेन सेन्टरले गरेको  छ । 

प्रतिघण्टा २१० किलोमिटर हावाको वेगमा आउने हुरिकेन इदा निकै शक्तिशाली भएको हुरिकेन सेन्टरले जनाएको छ । उक्त हुरिकेनले भारी वर्षा र आँधी तुफान ल्याउने जनाइएको छ । 

यसअघि सन् १८५० मा लुइजिनिया प्रान्तमा इतिहासकै विनाशकारी हुरिकेन आएको थियो । उक्त हुरिकेनभन्दा इदा हुरिकेन झनै खतरनाक रहेकाले स्थानीयहरुलाई सर्तक रहन अधिकारीहरुले आग्रह गरेका छन् ।  

‘अमेरिकी इतिहासमा यो १८५० यताकै खतरनाक हुरिकेन हुनेछ । जसले लुइजियाना राज्यमा क्षती पुर्याउने छ । त्यसैले सबैलाई सर्तक रहन आग्रह गर्दछु ।’ लुइजिनिया राज्यका गर्भनर जोन वेल एडवार्डले शनिबार प्रेस सम्मेलनमा भनेका छन् । 

आइतबार आउने भनिएको हुरिकेन जोखिमयुक्त क्षेत्र दक्षिण पुर्वी लुइजियानाका १० हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको बताइएको छ । यसअघि ठिक १६ वर्षअघि अर्थात् सन् २००५ अगष्ट २९ मा आएको हुरिकेन क्याट्रिनाका कारण लाखौं मानिस घरबारविहीन बनेका थिए । 

लुइजियानामा आइतबार हुरिकेन क्याट्रिनाको १६ वार्षीकोत्सव मनाउने तयारी चलिरहेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.