नशालु औषधीसहित एक पक्राउ

नशालु औषधीसहित एक पक्राउ

गुलरिया : बर्दियाको राजापुर नगरपालिका ४ बजारस्थित सञ्चालनमा रहेको विरयानी एण्ड कफी शपबाट प्रहरीले लागुऔषध (नशालु औषधी) सहित एक जनालाई नियन्त्रणमा लिएको छ। सोही निवासी ३१ बर्षका अलिम अन्सारीलाई लागुऔषध कारोवारको आरोपमा नियन्त्रणमा लिईएको हो ।

पसलमा शंका लागि खानतलासी गर्दा विभिन्न नामका प्रतिबन्धित १ हजार २५४ वटा ट्याबलेटहरु फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । प्रहरीले पसलबाट नाईट्राभेट ५७० ट्यावलेट, स्पासमो प्रोक्सीभोन आर प्लस २६४ र अल्प्राजोलम नामको ट्यावलेट ४२० वटा फेला परेको जनाएको छ ।

अन्सारीको पसलबाट भीभो कम्पनीको मोवाईल १ थान, विभिन्न दरका नेपाली रुपैया ३ हजार ७७० र भारतीय रुपैया २२० बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट अन्सारी लागुऔषधको कारोवारी भएको खुल्न आएकोले थप अनुसन्धान भैरहेको डिएसपी शाहीले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.