९ करोड बराबरको कोकिनसहित तीन विदेशी पक्राउ

९ करोड बराबरको कोकिनसहित तीन विदेशी पक्राउ

काठमाडौँ: अफ्रिकाबाट नेपालको बाटो हुँदै भारत पुर्‍याउन लागेको ९ करोड रुपैयाँ बराबरको कोकिन सहित तीन विदेशी पक्राउ परेका छन् ।

भारतीय नागरिक ३३ वर्षीय विजय सिंह, दक्षीण अफ्रिकन नागरिक ३० वर्षीया सिर्ले गामा, तान्जानीयाकी २६ वर्षीया गेरट्युड लियोनार्ड किमारा पक्राउ परेका हुन्।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँ कमलादीको एक होटलमा बसिरहेका उनीहरुबाट दुई किलो ९६६ ग्राम लागूऔषध कोकिन बरामद गरेको हो । प्रहरीका अनुसार उक्त कोकिनको मुल्य ८ करोड ८९ लाख ८० हजार पर्छ ।

ब्यूरोले आइतबार अभियुक्तहरु सार्वजनिक गरेको थियो । नेपाल प्रहरीले निरन्तरको निगरानीपछि ब्यूरोबाट खटिएको टोली कोकिन कारोबारमा संग्लन गिरोहसम्म पुग्न सफल भएको जनाएको छ ।

प्रहरीका अनुसार तान्जानीयाकी महिला गेरट्युड लियोनार्ड किमारा भारततर्फ भाग्ने क्रममा सिन्धुली खुर्कोटबाट प्रक्राउ परेकी थिइन् । दक्षिण अफ्रिकन महिला सिर्ले गामा केपटाउनबाट दोहा हुँदै भदौ ३ गते कतार एयरलाइन्सको उडान नं ६४६ मार्फत कोकिन बोकेरै नेपाल प्रवेश गरेकी थिइन् । उनीबारे प्रहरीले थप विवरण खुलाएको छैन । उनलाई कमलादीस्थित एक होटलबाटै कोकिन सहित प्रक्राउ गरेको थियो । ठूलो परिमाणको कोकिन कसरी विमानस्थलबाट कमलादीसम्म पुग्यो भन्ने विषय प्रहरीले अनुसन्धानकै क्रममा रहेको बतायो ।

कारोबारमा संग्लन भारत बेङलोर किडाथी कर्नाटकका ३३ वर्षीय विजय सिंह लागूऔषध लिन नेपाल आएको अवस्थामा कमलादीबाटै प्रक्राउ परेका थिए । पक्राउ परेका तीन विदेशीहरु दोषी ठहर भएमा लागूऔषध निवारण ऐन २०३३ को दफा १४, १ ‘छ’  ३ बमोजिम १५ वर्षदेखि जन्मकैद र ‘५ देखि २५ लाख रुपैयाँ सम्म जरिवाना हुनसक्ने कानूनी प्रावधान छ । उनीहरुमाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.