विश्‍वभर आज: अफगान नागरिकलाई देशको भलाइमा जुट्न तालिबानको अपिल, यमनमा हुथी हमलाबाट ४० मारिए

विश्‍वभर आज: अफगान नागरिकलाई देशको भलाइमा जुट्न तालिबानको अपिल, यमनमा हुथी हमलाबाट ४० मारिए

काबुलमा रकेट आक्रमण

काबुल: अफगानिस्तानको काबुलमा फेरि आक्रमण भएको छ । बीबीसीका अनुसार आइतबार साँझ रकेट आक्रमण भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमण काबुल विमानस्थलाई लक्षित गरिएको थियो । घटनाबारे पूर्ण विवरण भने आएको छैन ।

यसअघि बिहीबार पनि काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आक्रमणमा अमेरिकी सैनिक, तालिबान सहित १७० जना मारिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने उक्त आक्रमणको बदला लिने चेतावनी दिएका थिए ।

०००

न्यूक्लियर मुद्दामाथि बाइडेन पनि ट्रम्पजस्तै: इरान

तेहरान: इरानका मुख्य नेता अयोतोल्लाह अली खमेनीले न्यूक्लियर मुद्दाबारे अमेरिकी राष्ट्रपति जो बाइडेन पनि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प जस्तै भएको आरोप लगाएका छन् ।

‘न्यूक्लियरको मुद्दामा अमेरिकाका वर्तमान राष्ट्रपति बाइडेन पूर्वराष्ट्रपति ट्रम्पभन्दा कम छैनन्’ उनले भनेका छन्, ‘इरानसँगको न्यूक्लियर मुद्दामा ट्रम्को जुन माग थियो आज बाइडेनको पनि त्यही माग छ ।’

बहुराष्ट्रिय सम्झौताअन्तर्गत अमेरिकाले इरानको परमाणु सहयोगमा ट्रम्प प्रशासनले सन् २०१८ देखि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि पनि अमेरिकाले बदलामा इरानसँग परमाणु सहयोग माग गरिरहेको छ ।

‘परमाणु सम्झौताको मुद्दा झिकेपछि पनि परमाणु मद्दाबारे अमेरिकीहरुले साँच्चै लाज पचाइसकेका छन् । उनीहरुले फेरि परमाणु सम्झौताको माग गरिरहेका छन्' नेता खमेनीले भने ।
000

यमनमा हुथी आक्रमणबाट ४० जना मारिए

साना: यमनको दक्षिणी प्रान्तमा हुथी आक्रमणमा परी सैनिक अधिकारी सहित ४० जना मारिएका छन् भने ५० जना भन्दा धेरै घाइते भएका छन् । अल अनाद मिलिट्री बेसमा आइतबार हुथी विद्रोहीले आक्रमण गरेका हुन्।

दक्षिण प्रान्तका प्रवक्ता मोहम्मद अल नकिबका अनुसार दक्षिण यमनको लाहिज प्रान्तमा हुथी विद्रोहीहरुले सैन्य ड्रोनमार्फत मिसाइल आक्रमण गरेका थिए । विष्फोटक मिसाइल आइतबार बिहान सेनाको तालिम क्षेत्रमा खसेको थियो ।

बिहानी अभ्यास गरिरहेको समयमा सेनामाथि हमला भएको स्थानीय मिडियाले जनाएका छन् । घटनापछि उद्धारकर्मीहरु घटनास्थलमा पुगेका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताइएको छ।

हुथी विद्रोहीले यमनको राजधानी एवं यमनको सबैभन्दा ठूलो शहर साना कब्जा गरेसँगै सन् २०१४ मा युद्ध समाप्तीको घोषणा गरिएको थियो । सन २०१४ सम्ममा यमनको दोस्रो ठूलो शहर आदेनमा अमेरिकाले अल कायदाविरुद्ध ड्रोन आक्रमण गरेको थियो । सन् १९९० मा दक्षिण यमनबाट हुथी विद्रोहीको उदय भएको हो । सन् १९९० मा दक्षिण यमनबाट उदय भएको हुथी विद्रोहीले यमन लगायत देशमा सशस्त्र आक्रमण गर्दैआएको छ ।
०००
अफगान नागरिकलाई देशको भलाइमा जुट्न तालिबानको अपिल

काबुल: तालिबानले अफगानिस्तान छोडिरहेका नागरिकलाई देशको भलाइमा जुट्न अपिल गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो आग्रह गरेको हो ।

तालिबानको राजनैतिक कार्यालयका उपनिर्देशक शेर मोहम्मद अब्बास स्टानिकजेइले विज्ञप्ति जारी गर्दै अफगान नागरिकलाई देशको भलाइमा जुट्न निर्देशन दिएका हुन्।

‘अफगानिस्तान छोड्न चाहने नागरिकहरुले देश नछोडी आफ्नो देशको हित हुने काममा जुट्दा उचित हुनेछ’उनले भनेका छन्, ‘यतिबेला देश छोडेका नागरिकहरु शरणार्थीको रुपमा चिनिनेछन् ।’

तालिबानले सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई देश नछोड्न पटक पटक अपिल गर्दैआएको छ । काबुलमा बम विस्फोटपछि पनि अफगानिस्तान छोड्न चाहने हजारौँ अफगान नागरिकहरु काबुल विमानस्थलमा जम्मा भएका छन् ।
०००

चिनियाँ विश्वविद्यालयहरुले लैंगिक अल्पसंख्यक विद्यार्थीहरुको सूची माग्‍ने

बेइजिङ: चीनका प्रख्यात विश्वविद्यालयहरुले विभिन्न कलेजलाई लैंगिक अल्पसंख्यक विद्यार्थीहरुको सूची तयार गर्न निर्देशन दिने भएको छ । लैंगिक अल्पसंख्यक विद्यार्थीको मानसिकता बुझ्न अध्ययन गर्ने भन्दै विश्वविद्यालयहरुले कलेजहरुलाई सो सूची तयार गर्न निर्देशन दिने तयारी गरेको हो ।

चीनका विभिन्न विश्वविद्यालयमध्ये सांघाइ युनिभर्सिटीले विभिन्न कलेजहरुलाई लैंगिक अल्पसंख्यक विद्यार्थीको सूची तयार गर्न विभिन्न कलेजहरु समक्ष आग्रह गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार लैंगिक अल्पसंख्यक, युवा पुस्ता र महिला अधिकारकर्मीहरुलाई साथ दिने उद्देश्यले चीनका विश्वविद्यालयहरुले सो सूची तयार गर्न कलेजहरुलाई निर्देशन दिने भएका हुन् । लैंगिक अल्पसंख्यक विद्यार्थीहरुको सूचीमार्फत क्याम्पस सर्भे, उचित अनुसन्धान, सही सूचना, विश्वसनीय सामग्री उपलब्ध हुने विश्वास गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

लैंगिक अल्पसंख्यक विद्यार्थीको सूचना संकलनका लागि विद्यार्थी र अधिकारकर्मीहरु सहमत भए पनि विज्ञहरुले भने उक्त अभ्यासले चीनमा गोपनियता भंगबारे नयाँ द्धन्द्ध निम्त्याउने चेतावनी दिएका छन् । चीनमा लैंगिक अल्पसंख्यकको संख्या बढ्दो दरमा भए पनि पछिल्लो राजनैतिक घटनाक्रमका कारण उक्त समूहका मानिसहरु बाहिरिन नचाहने बताइन्छ ।
०००

महिला म्याराथनमा इथियोपियाकी खेलाडिको नयाँ विश्व रेकर्ड

इथियोपिया: इथियोपियाकी २२ वर्षीया खेलाडी यालेम्जर्फ येहुआलाओले महिला म्याराथनमा नयाँ विश्व रेकर्ड बनाएकी छन् ।

येहुआलाओले यसअघि केन्याकी रुथ चेपगेटिजले कायम गरेको विश्व रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेकी हुन् । यालेम्जर्फले ५ किलोमिटरको दूरीबाट १५ किलोमिटरसम्मको दौड ६० मिनेट २९ सेकेन्डमा पूरा गर्दै अघिल्लो रेकर्ड तोडेकी हुन् । सोही दूरी पार गर्न रुथलाई ६ मिनेट बढी समय लागेको थियो ।

उत्तरी आयरल्याण्डमा अन्तरिम कोस्ट इभेन्टअन्तर्गत वुमेन्स हाफ म्याराथुन खेल चलिरहेको छ । इथियोपियाले म्याराथन खेलमा विश्व रेकर्ड कायम गरेको यो पहिलो पटक हो । यालेम्जर्फले बनाएको नयाँ विश्व रेकर्डले आयरल्याण्डमा चर्चा कमाइरहेको छ ।
०००

वरिष्ठ अफगान कमान्डर र तालिबानबीच भेटवार्ता हुँदै

काबुल: वरिष्ठ अफगान अधिकारी र दुई क्षेत्रीय कमाण्डरले तालिबानसँग भेटवार्ता गर्ने भएका छन् । तालिबानले गठन गर्ने नयाँ सरकारबारे छफफल गर्न अफगान कमान्डर र तालिबानबीच यसै साता वार्ता हुने भएको हो ।

अफगानिस्तानको बल्ख प्रान्तका गर्भनर अत्ता मोहम्मद नुरका छोरा खालिद नुरका अनुसार अफगानिस्तानका वरिष्ठ आदिवासी उज्वेक समूहका नेता अब्दुल रसिद दोस्तम र अन्य व्यक्तित्वहरुले तालिबानलाई भेट्ने र नयाँ बन्ने सरकारबारे छलफल गर्ने भएका छन् ।

‘हामीले तालिबानसँग भेटेरै छलफल र सम्झौता गर्ने योजना बनाएका छौँ । यो अफगानिस्तान र तालिबानको समस्या मात्र नभई हाम्रो साझा समस्या भएकोले यसको तत्काल समाधानका लागि यही हप्ताभित्र तालिबानसँग भेट्ने योजना बनाएका छौँ’२७ वर्षीय नुरले भनेका छन्, ‘देशभित्रका सम्पूर्ण राजनैतिक समुदाय, विशेषगरी जडसुत्रवादी नेताहरु र जनताको समर्थनमा अफगानिस्तानको समस्याको दिर्घकालीन समाधानका लागि हामीले भेट्न र नयाँ मोड लिन निकै जरुरी छ ।’

संयोजन: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.