दार्चुलामा बाढीको बितन्डा : तिंकर सडकको पक्की पुल बगायो

दार्चुलामा बाढीको बितन्डा : तिंकर सडकको पक्की पुल बगायो

दार्चुला : लगातारको वर्षाका कारण गए राति निजाङ्ग खोलामा आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ । 

महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप तीन पसल र एक घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिए ।

खोलाले स्थानीय दिपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । खोलामा बाढी आउँदा सो क्षेत्रका स्थानीयहरु राती नै सुरक्षित स्थानमा गएका थिए । 

यसैगरी श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । 

लगातार भइरहेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेर भारततर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुबानमा परेको छ । निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुबानमा परेको भारतीय सुरक्षा स्रोतले जनाएको छ । एनएचपिसी डुबानमा परेपछि केही कर्मचारी भित्रै फसेपछि उनीहरूको  सकुशल उद्धार गरेको बुझिएको छ । बाढीले पुर्‍याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

क्षति के कति भएको छ थप जानकारी सुरक्षाकर्मी पुगेपछि मात्रै थाहा हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.