दार्चुला बाढी अपडेट : पुरिएर  एकको मृत्यु, दुई जना बेपत्ता

दार्चुला बाढी अपडेट : पुरिएर  एकको मृत्यु, दुई जना बेपत्ता

दार्चुला : दुहूँ गाउँपालिकामा आइतबार आएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् । 

दुहूँ गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महराको ज्यान गएको छ भने उनका श्रीमती कौशीदेवी महरा बेपत्ता भएकी छिन् ।

 दुबैजना श्रीमान् श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएको र नरसिंह महरा भने फेला परिसकेको आफन्त आनसिंह महराले बताए । 

दुहूँ गाउँपालिकामा बाढी पहिरोले तीन ओटा घरमा पूर्ण क्षति गरेको छ भने एक दर्जन बढी घरहरुमा आंशिक क्षति भएको स्थानीयले बताएका छन् । खोलाहरुमा रहेको तीन ओटा झोलुंगे पुलहरु तथा एउटा आरसिसि पुल पनि बगाएकाले आवतजावत गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । 

उद्वारका लागि घटनास्थलसम्म पुग्न समेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.