महाकवि देवकोटाको घरको भग्नावेश नचलाउन अन्तरिम आदेश

महाकवि देवकोटाको घरको भग्नावेश नचलाउन अन्तरिम आदेश

काठमाडौं  : सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतिदेवीस्थित घरको भग्नावशेष भत्काएर नयाँ पुनःनिर्माण गर्ने लगायतका काम तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

त्यहाँ भइरहेका निर्माण कार्यलाई यथास्थानमा राख्न न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। 

अधिवक्ता सञ्जय अधिकारीले दायर गरेको रिटमा यसअघि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन २७ गते भत्काउन पर्नुको कारण पेस गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका निकायका नाममा आदेश जारी गरेको थियो । 

आइतबारको सुनुवाइमा न्यायाधीशद्दय सिन्हा र श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गर्दै तत्काल अघि नबढाउन आदेश गरेको हो । 

अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्त्व बोकेको महाकवि देवकोटाको घर भत्काउन लागिएको भन्दै अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

यसअघि न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग १५ दिनभित्र लिखित रुपमा महान्यायाधिवक्ता कार्यालयमार्फत् जवाफ पेस गर्न आदेश दिएको थियो।

न्यायाधीश केसीको इजलासले विपक्षीका नाममा लिखित रुपमा कारण देखाउ आदेश जारी गरे पनि अन्तरिम आदेश भने गरेको थिएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.