उत्तर कोरियाले पुन: परमाणु हतियार उत्पादन गर्दै

उत्तर कोरियाले पुन: परमाणु हतियार उत्पादन गर्दै

प्योङयाङ : उत्तर कोरियाले प्लुटोनियम (अणु बम बनाउने केमिकल) उत्पादनका लागि पावर प्लान्ट पुन: सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्र संघको परमाणु निगरानीका अनुसार उत्तर कोरियाले परमाणु हतियारहरुका लागि प्लुटोनियम उत्पादन गर्न पावर प्लान्ट पुन: सञ्चालनमा ल्याउन लागेको हो। 

उत्तर कोरियाले परमाणु हतियारका लागि पावर प्लान्ट पुन: सञ्चालन गरेको ठोस प्रमाण नभेटिएपनि विभिन्न आँकलनअनुसार पावर प्लान्ट सञ्चालनमा रहेको दी इन्टरनेसनल अटोमिक एनर्जी एजेन्सी –आइएईए)ले जनाएको छ । ‘यसबारे ठोस प्रमाण फेला नपरेपनि हामीले संकेत भने पाएका छौँ । स्याटेलाइट तस्बिर र अन्य माध्यमबाट हेर्दा यहि जुलाईदेखि उत्तर कोरियाले परमाणु हतियार उत्पादनका लागि पावर प्लान्ट सञ्चालन गरिरहेको देखिन्छ’ इन्टरनेसनल अटोमिक एनर्जीले सीएनएनसँग भनेको छ। 

प्योङयाङको न्युक्लियर प्रोग्रामबारे शुक्रबार प्रकाशित एक वार्षिक प्रतिवेदनमा आइएईएले उत्तर कोरिया चिन्ताजनक रहेको र गम्भीर प्रयोजनका लागि परमाणु हतियार उत्पादन गरिहेको उल्लेख गरेको छ। 

‘दी डेमोक्रेटिक पिपुल्स रिपब्लीक अफ कोरिया (डिपिआरके)ले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यसले सम्बन्धित निकायलाई भड्काउने स्पष्ट देखिन्छ’ प्रतिवेदनमा भनिएको छ। 

आइएईएका अनुसार गत फेब्रुअरीदेखि जुलाई पहिलो सातासम्म उत्तर कोरियाले परमाणु हतियार उत्पादन गर्ने न्युक्लियर पावर प्लान्टनजिकै रेडियो ल्याबोरेटोरी पनि सञ्चालन गरेको संकेत फेला परेको छ । पावर प्लान्ट र ल्याब दुवै उत्तर कोरियाको न्युक्लियर कम्प्लेक्स भनेर चिनिने योङब्योनमा अवस्थित छ। 

यसअघि पनि आइएईए र अन्य विश्लेषकहरुले परमाणु हतियारको लागि न्युक्लियर इन्धनलाई प्लुटोनियममा परिणत गर्न उत्तर कोरियाले अभियान नै सञ्चालन गरेको भन्दै केहि रिपोर्टहरु सार्वजनिक गरेका थिए। 
दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार उत्तर कोरियाले संयुक्त राज्य अमेरिकासँगको घनिष्ठ सहयोग र निरन्तर निगरानीमा आफ्नो परमाणु र क्षेप्यास्त्र गतिविधि सञ्चालन गरिरहेको छ। 

यद्यपि, अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको सम्भावित चुनौती सामना गर्न उत्तर कोरियाले परमाणु हतियार उत्पादनका लागि पावर प्लान्ट पुन: सञ्चालन गर्न आइएईएको रिपोर्टबाट अनुमान गर्न सकिने हतियार विशेषज्ञ एवम् मिडलब्युरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका प्रोफेसर जेफ्री लुइसको भनाई छ । ‘उत्तर कोरियाले यस्ता गतिविधि गर्नु नौलो विषय होइन । तर पछिल्लो समय असामान्य रुपमा परमाणु सम्बन्धि विभिन्न गतिविधिमा सक्रिय देखिन्छ’ उनले भनेका छन्। 

अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनका अनुसार सन् २०१९ मा उत्तर कोरियाका नेता किम जोङ उनले ट्रम्पसँग परमाणु हतियार उत्पादनसम्बन्धि सम्झौता गरेका थिए । ट्रम्पको समहुले ब्यालिष्टिक मिसाइल र अन्य न्युक्लियर क्षेत्रबारे उत्तर कोरियासँग सम्झौता गर्न खोजेको थियो । तर उक्त सम्झौता किम जोङ उनले अस्वीकार गरेका थिए । त्यस यता अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनको प्रशासनले पटक पटक उत्तर कोरियासँग इमेलमार्फत छलफल गर्न खोजिरहेको छ । तर हालसम्म सो प्रयास सफल हुन सकेको छैन। 
-सीएनएनबाट 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.