काबुल मुद्दाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक
काबुल: काबुल मुद्दाबारे छलफल गर्न संयुक्त राष्ट्रसंघले आपतकालीन बैठक बोलाएको छ ।
काबुल क्षेत्रलाई सुरक्षित क्षेत्र घोषणा गर्ने या नगर्ने विषयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आपतकालीन बैठक बोलाएका हुन् । रोयटर्सका अनुसार सोमबार आयोजित बैठकमा काबुललाई सुरक्षित क्षेत्र घोषणा गर्ने या नगर्नेबारे फ्रान्स र बेलायतले प्रस्ताव राख्ने छन् ।
अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा एकै साताको अन्तरमा दुई ठूला आक्रमण भएपछि राष्ट्रसंघको उक्त बैठक बोलाइएको हो । बैठकमा अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस सहभागी हुनेछन् ।