अमेरिकाको लुजियानामा विनाशकारी आँधी, विद्युत र सञ्चार सेवा अवरुद्ध,एकको मृत्यु

अमेरिकाको लुजियानामा विनाशकारी आँधी, विद्युत र सञ्चार सेवा अवरुद्ध,एकको मृत्यु

वासिङटन : अमेरिकाको लुइजिनिया प्रान्तमा आएको विनाशकारी आँधी ‘हुरिकेन आइडा’ का कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ । आँधीका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध हुनुका साथै एकजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । 

स्थानीय सरकारका अनुसार लुइजियाना राज्यको न्यु ओर्लिन्समा स्थानीय समयअनुसार आइतबार रातिदेखि हुरिकेन आइडाले वितण्डा मच्चाइरहेका छ । 

जसका कारण प्रेइरिभिल्लामा घरमाथि रुख ढल्दा एकको मृत्यु भएको हो । लुइजियाना राज्यका अनुसार उक्त आँधीका कारण त्यहाँ एक लाखभन्दा बढी घरहरुमा सञ्चार र विद्युत सेवा अवरुद्ध बनेको छ । 

१६ वर्षअघि हुरिकेन क्याट्रिनाले पुर्याएको क्षतिपछि न्यु ओर्लिन्स सहरमा पहिलो पटक विनाशकारी बाढी आएको हो। विनाशकारी आँधीले कैयौ‌‌ रुखहरु ढलेको र भवनहरुमा क्षति पुर्याएको बताइएको छ । 

लुइजिनिया राज्यले आँधीबाट प्रभावित र आँधी जोखिमयुक्त क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन सूचित गरेको छ । आइतबार सूचना जारी गर्दै स्थानीय सरकारले लुइजियाना राज्यमा सन् १८५० यताकै विनाशकारी आँधी आउने चेतावनी दिएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.